काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा झण्डै दुई दशक राज गरेका गणेश थापाकै छायाँ उम्मेदरद्धयले नयाँ नेतृत्व गर्ने भएका छन् ।

एन्फको अध्यक्षमा गणेश पक्षधर मानिएका नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ३६ मत ल्याएर विजयी बन्दा पराजय स्वीकार्न बाध्य भएका कर्मा छिरिङ शेर्पाले ३१ मत पाएका छन् । यस्तै उपाध्यक्षमा मणि कुँवर विजयी बन्दा अर्का प्रत्यासीद्धय दीपक खाती र उपेन्द्रमान सिंहले हार व्यहोरेका छन् ।

सोमबार सम्पन्न एन्फाको १५ औं साधारणसभा पछि भएको निर्वाचन मार्फत श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । हाल एन्फाको कार्यवाहक अध्यक्षको भूमिका निभाउदै आएका थिए । गणेश थापालाई फिफाले कारवाही गरेपछि रिक्त रहेको अध्यक्ष पद तथा ललितकृष्ण श्रेष्ठको निधनले रिक्त रहेको उपाध्यक्ष पदका निम्ति एक बर्षका लागि भएको निर्वाचनबाट श्रेष्ठ र कुँवर चुनिएका छन् । कुँवरले ३४ मत पाउँदा अर्का प्रत्यासीद्धय दीपक खातीले २४ र उपेन्द्रमान सिंहले ८ मत पाएका थिए । विजयपछि अध्यक्ष श्रेष्ठले यो पटकको निर्वाचन निष्पक्ष भएको बताउदै आफ्नो नेतृत्वले फुटबलको विकासमा केही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी अध्यक्षमा पराजित कर्मा छिरिङ शेर्पाले जित जस्को भएपनि फुटबलको विकास लागि काम गर्नुपर्ने बताए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

निर्वाचनमा ६७ जना प्रतिनिधिले मतदान गरेका थिए । ४५ जिल्लामध्ये झापाबाहेकका ४४ जिल्ला फुटबल संघ, १२ वटा ए डिभिजन क्लबबाट एकएक जना, बी डिभिजनका क्लवबाट ४ जना, सी डिभिजनबाट तीनजना, महिला फुटबल संघ, रेफ्री संघ, प्रशिक्षक संघ र खेलाडी संघबाट एकएकजना गरी ६७ जना प्रतिनिधिले मतदान गरेका थिए ।

Comments