मेलबर्न । अष्ट्रेलियामा देह व्यापारमा संलग्न विदशी विद्यार्थीहरुको संख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

अष्ट्रेलियाको द एडभार्टाइजरमा प्रकाशित रिपोर्ट अनुसार अनिच्छुक रुपमा गर्भवती भएका विदेशी विद्यार्थीहरु गर्भपतन गर्ने खर्च जोहो गर्न बाध्य भएर देहव्यापारमा संलग्न हुने गरेको पाइएको छ । उक्त रिपोर्टमा अष्ट्रेलियामा पढ्न आएका  विद्यार्थीहरु कसरी स्वास्थ्य सेवाबाट बञ्चित हुन बाध्य भएका छन् ? भन्ने विषयलाई मूल मुद्दा बनाइएको छ । स्वास्थ्य उपचारका लागि विदेशी विद्यार्थीहरु पूर्ण रुपमा निजी स्वास्थ्य विमा कम्पनीहरुमा निर्भर रहने र ती निजी विमा कम्पनीहरुले पनि पहिलो वर्षका विद्यार्थीहरुलाई गर्भपतन र प्रेग्नेन्सी सम्बन्धी स्वास्थ्य सेवालाई खर्च उपलब्ध नगराउने नीति लिदा विद्यार्थीहरु थप मारमा परेका छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

प्रेग्नेन्सी सम्बन्धी खर्चका लागि थुप्रै विदेशी विद्यार्थीहरुबाट दाबी पर्न थालेपछि निजी स्वास्थ्य विमा कम्पनीहरुले पहिलो वर्षका विद्यार्थीहरुलाई यस्तो सुविधा दिन बन्द गरेको हो ।

एडभार्टाइजरका अनुसार अष्ट्रेलियाका महिला तथा बालबालिका अस्पतालहरुमा गर्भपतन गराउने तीन जनामा एक जना विदेशी विद्यार्थीहरु हुने गरेका छन् ।

अष्ट्रेलियाका अस्पतालहरुमा गर्भपतन गराउन कम्तीमा ८०० डलर खर्च लाग्ने र यो रकम स्वास्थ्य विमा कम्पनीहरुले नव्योहोर्ने भएकोले अप्ठ्यारोमा परेका विदेशी विद्यार्थीहरुले छिटो खर्च जोहो गर्न देहव्यापारको बाटो अंगाल्ने प्रवृत्ति बढ्दै गएको उक्त रिपोर्टमा उल्लेख छ ।

सेक्सप्रतिको चेतनाको अभाव र बढ्दो लिभिङ टुगेदरका कारण विदेशी विद्यार्थीहरुमा गर्भवती हुने क्रम बढेको बताइएको छ । यस्तै विवाहित जोडीहरुले पनि अध्ययन र करियरलाई ध्यानमा राखी बच्चा जन्माउन नचाहने प्रवृत्तिले गर्दा गर्भपतन गराउनेको संख्या बढेको रिपोर्टमा उल्लेख छ ।

यो समाचारको मूल प्रति यहाँ पढ्न सकिन्छ ।

Comments

comments