मेलबर्न । विश्वका उत्कृष्ट सय विश्वविद्यालयहरुको सूचीमा अष्ट्रेलियाका ५ वटा विश्वविद्यालयहरु पर्न सफल भएका छन् । मेलबर्न विश्वविद्यालय यो सूचीको ३३ औं स्थानमा रहेको छ ।

केही समयअघि सार्वजनिक गरिएको सन् २०१६ को टाइम्स हायर एजुकेशन वल्र्ड युनिभर्सीटी र्याङ्किङमा अष्ट्रेयाका ५ विश्वविद्यालयहरु उत्कृष्ट सयभित्र पर्न सफल भएका हुन् । विभिन्न सूचकहरुलाई मूल आधार बनाएर विश्वका सबै मुलुकहरुको विश्वविद्यालयहरुबाट उक्त सूची तयार पारिएको हो ।

उत्कृष्ट सूचीमा पर्न सफल अष्ट्रेलियाका उत्कृष्ट ५ विश्वविद्यालयहरु यस प्रकार छन् ः

१ द युनिभर्सीटी अफ मेलबर्न
२.अष्ट्रेलियन नेशनल युनिभर्सीटी
३.द युनिभर्सीटी अफ क्वीन्सल्याण्ड
४ द युनिभर्सीटी अफ सिड्नी
५ र,मोनास युनिभर्सीटी ।

यसदेखि बाहेक अष्ट्रेलियाकै युनिभर्सीटी एडिलाइड, युनिभर्सीटी अफ वेष्टर्न अष्ट्रेलिया, युनिभर्सीटी अफ न्यू साउथ वेल्स, युनिभर्सीटी न्यूक्यासल र क्वीन्सल्याण्ड युनिभर्सीटी अफ टेक्नोलोजी पनि उत्कृष्ट युनिभर्सीटीहरुको सूचीमा समावेश गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

इन्टरनेशनल विद्यार्थीहरुलाई आधार बनाएर अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सीटीहरु छनौट गरिउको बताइएको छ । पछिल्लो केही वर्ष यता अष्ट्रेलियामा इन्टरनेशनल विद्यार्थीहरुको आगमन तीव्र रुपमा वृद्धि भएको छ । सन् २०१६ को जुलाइसम्ममा मात्र अष्ट्रेलियाले ४ लाख ९० हजार इन्टरनेशनल विद्यार्थीहरुलाई भित्र्याएको छ । यो गत वर्षको तुलनामा निकै बढी हो ।

९८० वटा युनिभर्सीटीहरु समावेश उक्त सूचीमा अक्सफोर्ड युनिभर्सीटी पहिलो स्थानमा रहेको छ । अर्थात अक्सफोर्ड युनिभर्सीटी अझै विश्वकै सबैभन्दा उत्कृष्ट युनिभर्सीटी बन्न सफल भएको छ ।

Comments

comments