सिड्नी । अष्ट्रेलियाको सिड्नीमा आइतवार साहित्यिक माहोल जमेको छ ।

साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्वेसँग साक्षात्कार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

आइतवार सिड्नीको रकडेलमा रहेको एड्भन्स डाईभर्सिटी कम्युनिटी सेन्टरमा भएको कार्यक्रममा साहित्यकार आङ्देम्वलाई प्रसंशा पत्र प्रदान गरेर सम्मान गर्नुको साथै सिड्नीका सर्जकहरुले रचना वाचन समेत गरेका थिए ।

आङ्देम्वे नेपाली भाषी भुटानी समुदायको निमन्त्रणामा अष्ट्रेलिया आएका हुन् । आङ्देम्वेका आज भोली गजल संग्रह, ग्यास चेम्वरमा बुद्ध जस्ता पुस्तकहरु प्रकाशित छन् भजे उनले इन सर्च अफ नेशन बृतचित्रको निर्माण समेत गरेका छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseकार्यक्रममा साहित्यकार आङ्देम्वले प्रवासमा नेपाली साहित्यको विकास र संरक्षणका लागि भैरहेको कामको प्रसंसा गर्दै यो अभियानमा आफ्नो सधै साथ रहने विचार राखेका थिए ।

रचना वाचन समुहले आयोजना गरेको यो कार्यक्रमा सिड्नीका सर्जकहरु जितेन्द्र मल्ल, बुद्धिसागर दवाडी, दिपक निरौला, गोपी दवाडी, डा. प्रकाश पौडेल, राजेश्वर घिमिरे, स्वप्न द्रष्टा, गणेश गौतम, इन्द्र न्यौपाने माधव अधिकारी, ओवेद साङपाङ्, प्रकाश आङदम्बे र सुरेन्द्र दवाडी लगायतले रचना वाचन गरेका थिए ।

तस्बीर साभार : नेपालीपत्र/RP Productions

Comments

comments