काठमाडौं । भारतीय कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीय क्रिकेटमा नौ हजार रन पूरा गरेका छन् ।

आइतबार भारतको मोहालीमा भइरहेको न्युजिल्यान्डविरूद्धको तेस्रो एकदिवसीयमा धोनीले ८० रन बनाए। उनी एक दिवसीयमा छिटो नौ हजार रन पूरा गर्ने १७ मध्ये छैटौं खेलाडीमा परेका छन् ।

न्युजिल्यान्डले पहिलो इनिङमा दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा धोनी दोस्रो विकेटको पतनपछि नै क्रिजमा उत्रिएका थिए। धोनीले ९१ बल खेल्ने त्रममा ६ चौका र ३ छक्का प्रहार गरे। उनले २ सय ८१ एकदिवसीयको २ सय ४४ इनिङमा नौ हजार रन पुरा गरेका हुन्।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

धोनीभन्दा अगाडि छिटो नौ हजार रन पुरा गर्नेमा पहिलो नम्बरमा भारतका सौरभ गागुली, दोस्रोमा सचिन तेन्दुलकर, तेस्रोमा वेष्ट इन्डिजका ब्रायन लारा, चौथोमा अस्ट्रेलियाका रिकी पोन्टिङ, पाँचौमा दक्षिण अफ्रिकाका ज्याक कालिस पर्छन्।

उनी विकेटकिपर ब्याट्सम्यानको भूमिकामा नौ हजार पुरा गर्ने तेस्रो क्रिकेटर पनि हुन्। यसअघि अष्ट्रेलियाका एडम गिलकृष्ट र श्रीलंकाका कुमार संगाकाराले नौ हजार रन पुरा गरेका थिए । उनले १० हजार १ सय ९ बलमा नौ हजार रन पुरा गरेका हुन् ।

धोनीले ५० भन्दा माथिको औसतमा नौ हजार रन बनाएका हुन् । जुन अन्य खेलाडीभन्दा माथि हो।

 

Comments

comments