गए राति एपोलो अस्पतालमा जीवनको अन्तिम स्वास ग्रहण गरेका श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर आज काठमाडौँ ल्याइने भनिए पनि त्यो सम्भव नहुने भएको छ | आफ्नो जीवनकाल भर सबैको प्रिय रहेका श्रीले आफ्नो अन्तिम क्षणमा आफ्ना दाजु मिन श्रेष्ठ संग मृत्यु पश्चात  आफ्नो पार्थिव शरीर नेपाली दर्शक सामु लगेर थप पिडा सिर्जना नगरिदिन आग्रह गरे पनि राष्ट्रिय सम्मानका साथ उनको अन्तिम विदाई गर्ने तयारी भैरेहेको छ | उनको पार्थिव शरीर नेपाल सरकारको खर्चमा एयर एम्बुलेन्स मार्फत भोलि बिहान मात्रै राजधानी ल्याइने पारिवारिक श्रोतले जनाएको छ |

यस अघि  कलाकारहरुले आज बिहान सञ्चारमन्त्री मिनेन्द्र रिजाल, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र संस्कृतिमन्त्री भीम आचार्यलाई भेटेर पार्थिव शरीर नेपाल ल्याउनको लागि पहल गरिदिन आग्रह गरेका थिए । तत्पश्चात दिल्लीस्थित नेपाली दुतावासका कार्यवाहक प्रमुखसहित अन्य पदाधिकारी एपोलो अस्पताल पुगेका थिए | काठमाडौंबाट उनका दाजूसहित तीन जना आफन्त आजै  दिल्ली पुगेका छन् | एपोलो अस्पतालमा निरन्तर हेरचाहमा श्री कि नव विवाहित श्रीमती नायिका स्वेता र दाजु मिन रहँदै आएका छन् |

श्रीको पार्थिव शरीरलाई नेपाल ल्याएर अन्तिम श्रद्धाञ्जलीको लागि  भोलि नेपाल प्रज्ञा प्रतिष्ठानमा राख्ने तयारी गरिएको छ । 

Please follow and like us:

Comments