टोक्यो । प्रथम महिला सगरमाथा आरोही जापानी नागरिक जुन्को ताबेइको निधन भएको छ ।

उनको जापानको साइतामा अस्पतालमा विहीवार क्यान्सरका कारण निधन भएको जापानी समाचार एजेन्सी क्योदो न्यूजले जनाएको छ । उनको निधनको खबर दुई दिनपछि शनिवार मात्र खबर सार्वजनिक भएको हो । जापानका सञ्चार माध्यमलाई समेत शनिबार मात्र उनको निधनको खबर दिइएको छ । जनतालाई दुःखी नबनाउन तावेईको निधनको खबर ढिला गरी सार्वजनिक गरिएको बताइएको छ ।

उनी ७७ वर्षका थिए । चार वर्ष अघि उनलाई क्यान्सर भएको पुष्टि भएको थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseसन् १९३९ को सेप्टेम्वर २२ मा जापानको फुुकुशिमामा जन्मेका ताबेइले सन् १९७५ को मे १६ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । नेपाली गाइड आङछिरिङ शेर्पासँगै ८ हजार ८४८ मिटर उचाइको विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्ने उनी पहिलो महिला भईन् । त्यतिखेर उनी ३५ वर्षका थिईन् । हिमाल आरोहणलाई तावेईले आफ्नो ‘प्यास’ का रुपमा लिने गरेकी थिइन् ।

सन् १९९२ मा तावेईले विश्वका सातै महादेशका उच्च शिखरहरुको समेत आरोहण गरेकी थिइन् ।

उनका दुई सन्तान छन् । उनको निधनले विश्वको पर्वतारोहण क्षेत्रले अभिभावक गुमाएको समाचार एजेन्सीले विश्लेषण गरेको छ ।

Please follow and like us:

Comments