काठमाडौं । अब छिट्टै सांसदहरुले क्वार्टर सुविधा पाउने भएका छन् ।

संसद सचिवालयले सांसदहरुका लागिसमेत सरकारी आवासको प्रस्ताव गरेको हो । प्रस्तावित सुविधाअनुसार अब सांसदहरुले पनि मन्त्री, प्रधानमन्त्रीले जस्तै सरकारी आवास पाउने भएका छन् । त्यसका लागि सरकारले सरकारी घरको बन्दोबस्त गर्नेछ ।

संसदका पदाधिकारी र सदस्यहरुको सेवा सुविधाका लागि बनेको विधेयकले सरकारी आवासको व्यवस्था गर्नुपर्ने र सरकारी आवास तयार नहुँदासम्म राज्यले नै उनीहरुलाई मासिक १८ हजारदेखि २८ हजार रुपैयाँसम्म आवास भत्ता दिनुपर्ने प्रस्ताव गरिएको छ । सुविधा सम्वन्धि यस प्रस्ताव संसदमा दर्ता भइसकेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseयस्तै उनीहरुलाई आवासमा प्रयोग हुने फर्निचरसमेत राज्यले किनिदिनेछ । राज्यले संसदका पदाधिकारीहरु सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्तापक्षका नेता र प्रमुख सचेतकहरुलाई गाडी तथा इन्धन सुविधा उपलब्ध गराउने छ ।

उनीहरुले गाडी मर्मत तथा इन्धन हालेका नाममा जति पनि खर्च पेश गर्न सक्नेछन् । किनकि सुविधा सम्वन्धी विधेयकले इन्धन र मोबिलको बिल भौचर बुझाउन नपर्ने व्यवस्था प्रस्ताव गरेको छ । गाडी सुविधा नपाउने सदस्यहरुलाई भने ट्याक्सी भाडा उपलब्ध गराउने छ ।

Comments