मेलबर्न । अष्ट्रेलियाको मेलवर्न निवासी रोटरियन स्टेफनी उर्लाडले नेपालमा अपांगता सम्बन्धि विषयमा गरेको उदाहरणीय कार्यका लागि रोटरी रेस्पिसीबल बिजनेस अर्वाड हात पारेकी छिन् ।

संयुक्त राष्ट्रसंघको मुखयालयमा नोभेम्बर १२ तारिखमा आयोजना हुने रोटरीको अन्तराष्ट्रिय सम्मेलनमा स्टेफनीलाई सम्मान गरिने छ ।

उनले विश्वको छ जनाले प्राप्त गर्ने सो पुरस्कार नेपालमा अंपागता भएका महिलाहरूको आर्थिकस्तर उकास्न गरेको अभियानबापत प्राप्त गरेकी हुन् । २२ वर्षको उमेरमा स्टेफनीले नेपालमा गएर ६ जना अंपागता भएका महिलाहरूलाई घरेलु उत्पादनका रुपमा साबुन, मैनबत्ती लगायतका साना उद्योगमार्फत आफ्नो अभियान थालेकी थिइन् । यतिखेर उनको यो अभियानमा नेपालमा विभिन्न स्थानमा फैलिएको खबर सेतोपाटीले प्रकाशन गरेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseदुई सय अमेरिकी डलर खर्च गरेर तालिम सुरु गरेकी स्टेफनीको यो अपांगता भएका महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउने अभियान अहिले करिब पाँच हजारको संख्यामा पुगेको छ । उनको अभियान अन्तर्गत उत्पादन हुने सामाग्री अहिले देश विदेशमा पनि प्रसिद्ध पाएका छन् ।

 

Comments

comments