आदरणीय प्रेम दाजु
नमस्कार !

कुशल रहि सोही कामना गर्दछु । हामी एक अर्कामा व्यक्तिगत रुपमा अपरिचित छौं । तर जति तपाइँलाई म टेलिभिजनमा देख्थें, मलाई लाग्थ्यो, म हजुरलाई धेरै नजिकबाट चिन्छु । कुशल सन्चारकर्मिको रुपमा, युवा उत्प्रेरकको रुपमा,सचेत र स्वाभिमानी नेपालीको रुपमा । ममा बसेको हजुरको यहि छापले गर्दा नै आज यो पत्र कोर्ने जमर्को गरेकी हुँ ।

हजुरका तस्बिर र आवाजहरुले म मा एउटा तरंग ल्याइदिन्थे र अहिले पनि तरंग ल्याइरहेका छन्, तर फरक कारणले । दाजु ,जब समाजिक र राष्ट्रिय मुद्धाहरुलाई उठाएर हजुरले जुन प्रस्तुती दिनुहुन्थ्यो नि तेतिखेर आउथ्यो ममा तरंग र अथाह उत्साह । तर यतिबेला तरङ्गित बनायो,जब समचार आयो–एउटा स्वाभिमानी ठिटोलाई डिभी चिट्ठाले अमेरिका पलायन बनाइदियो । सञ्चार जगत, जनाताका सुख दुःख र विचारलाई प्रतिबिम्बित गर्ने माध्यम र जसको माध्यमद्वारा हजुरले आफ्नो पहिचान बनाइसक्नुभएको थियो । यो अमुल्य पहिचान , स्वाभिमान सबै त्यो डिभी चिट्ठा अगाडि कति सजिलै मुल्यहीन बन्न पुगेछन् ।

कति समय नै भएको छ र दाजु , हजुरले मेरै गृहजिल्ला गुल्मीको कथालाई पस्किनुभएको जसमा बिदेशिएका युवाहरुको कारण सुनसान बनेको गाउँको व्यथालाई समेट्नुभएको थियो ।

दैनिक विदेशिने हजारौं नेपाली युवाहरुको भिडमा हजुरको पलायन यति चर्चाको विषय बन्नु पक्कै पनि हजुर साधारण मानिस भएर होइन । बाध्यताले बिदेशिएका नेपालीहरुको लागि आशाको दियो, युवा वर्गको लागि उत्प्रेरक, आउँदो पिंढिको लागि मार्गदर्शक र वृद्धवृद्धाहरुको लागि दुख बुझिदिने छोरो–कति भाग्यमानी हजुर । तर अब यी आत्मियपनको औचित्य रहेन सायद ।

कति समय नै भएको छ र दाजु , हजुरले मेरै गृहजिल्ला गुल्मीको कथालाई पस्किनुभएको जसमा बिदेशिएका युवाहरुको कारण सुनसान बनेको गाउँको व्यथालाई समेट्नुभएको थियो ।

नेपालमा गाँस बास कपासको कमि नझेलेका,हजुर जस्तो आफ्नो पहिचान बोकेका मानिसहरु पलायन हुनुपर्ने बाध्यता के हो दाजु ?

नेपालमै केही गर्नुपर्छ,समाज समृद्ध बनाउनुपर्छ भनेर लागि परेका हाम्रो समुहका युवा जस्तै यहाँ कैयौं युवाहरु छन् जसलाई हजुरहरु जस्ता उत्प्रेरना दिने व्यक्तिहरुको पलायनले अल्लमल्ल बनाएको छ ।

जसरी तपाई पलायन हुनु भयो, त्यसरी नै हाम्रो युवा वर्ग पलायन हुदैछ । ती हजुरले उठाएका मुद्धा , कथा र व्यथाहरुको के अर्थ दाजु जब ती कथाहरु अनन्तकालसम्म चलिरहनेछन भने । ती कथाहरु प्रवचन गर्ने मनिस हजुरको बदलामा अर्को आउनेछ र सायद उ पनि देख्न थाल्नेछ डिभी परेको सपना । अनि यो क्रम चलिरहनेछ निरन्तर । आज हजुरलाई म पत्र लेख्दैछु , यसरी नै कोरिनेछन पत्रहरु , लेखक फरक हुनेछन् , पुस्ता फरक हुनेछन र यो पनि चलिरहनेछ निरन्तर ।

हजुरले उठाएका मुद्धा , कथा र व्यथाहरुको के अर्थ दाजु जब ती कथाहरु अनन्तकालसम्म चलिरहनेछन भने । ती कथाहरु प्रवचन गर्ने मनिस हजुरको बदलामा अर्को आउनेछ र सायद उ पनि देख्न थाल्नेछ डिभी परेको सपना । अनि यो क्रम चलिरहनेछ निरन्तर । आज हजुरलाई म पत्र लेख्दैछु , यसरी नै कोरिनेछन पत्रहरु , लेखक फरक हुनेछन् , पुस्ता फरक हुनेछन र यो पनि चलिरहनेछ निरन्तर ।

अहिले तपाई डिभीले सृजना गरिदिएको संसारमा पुगिसक्नुभएको छ । त्यो संसारका लागि तपाईले स्टारडमलाई छोड्नुभयो,राष्ट्रियता,स्वाभिमानसँगै देश र माटोलाई समेत छोड्नुभयो । तपाई आफैंले शंका गर्नुहुन्थ्यो,झण्डालाई डिभी पर्यो भने के हुन्छ ? तर अहिले म तपाईलाई यही प्रश्न गर्दैछु–डिभीको स्वाद कस्तो हुँदो रहेछ दाजु ?

हामी नेपाली धेरै आशावादी हुन्छौं । म पनि आशा गर्छु , हजुरले नेपाललाई बृद्धश्रम जस्तो बुढेशकालको लागि नसाचेर उमेरमै फर्की फेरि उहीँ उत्साह थप्नुहुनेछ । नेपाली माया र गल्ती भएमा क्षमा याचनासंगै पत्र टुंगाउन चाहन्छु ।

उही तपाईकी शुभचिन्तक बहिनी

-कामना न्यौपाने

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments

comments