पर्थ । अष्ट्रेलियामा फेरि एक नेपाली विद्यार्थीको आकस्मिक निधन भएको छ ।

गत बिहीबार अर्थात २० अक्टुबरमा पर्थमा रहँदै आएका नेपाली विद्यार्थी बिराटमान ताम्राकारको निधन भएको हो । उनी अध्ययनका लागि १६ महिना अघि अष्ट्रेलिया आएका थिए । २८ बर्षीय ताम्राकार बिहान सबेरै काममा जाने क्रममा पर्थको भिक्टोरिया पार्क ट्रेन स्टेशन नजिकैको सडक किनारामा बेहोश भइ ढलेका थिए । बाटोमा हिड्दै गरेको अपरिचित ब्यक्तिले एम्बुलेन्सलाई बोलाएर उनलाई तत्कालै उपचारका लागि रोयल पर्थ हस्पिटलको आकस्मिक कक्षमा लगिएको थियो । तर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

प्रारम्भिक जाँचका आधारमा बिराटलाई हार्टआट्याक वा ब्रेनह्यामरेज भएको हुन सक्ने अनुमान गरिएको छ । तर पाष्ेटमार्टम रिपोर्ट आएपछि मात्रै यथार्थ थाहा हुने जानकारी दिएको छ । हाल बिराटको शबलाई रोयल पर्थ हस्पिटलमा राखिएको पर्थ न्यूज अपडेटले जनाएको छ । ।

काठमान्डौ नरदेबी निवासी बिराट गत बर्षको अगस्तमा पर्थ स्थित एडिथ कोवान युनिभर्सीटीमा ईन्जिनियरिङ बिषयमा मास्टर डिग्रीको अध्ययन गर्न आएका थिए । उनको मास्टर डिग्री सकिन एक सेमेष्टर मात्र बाँकी थियो ।

उनको निधनबारे नेपाल स्थित उनको परिवार र अष्ट्रेलियामा रहेका आफन्तहरुलाई अधिकारिक रुपमा जानकारी गराइ सकिएको छ । मृतक परिवारले परम्परागत रूपमा अन्त्यष्टी गर्नका लागि बिराटको शबलाई यथाशक्य छिटो नेपाल पठाइ दिन सबैलाई अनुरोध गरेको छ ।

बिराटको पार्थोव शरीरलाई अस्पताल र अन्य कानुनी प्रकृया पश्चात नेपाल पठाउन हाल नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) र एनआरएनए वेष्टर्न अष्ट्रेलियाको संयोजनमा “विराट ताम्राकार आकस्मिक सहयोग“ खाता खोली आर्थिक सहयोग संकलनको काम थालनी गरेको छ । शवलाई नेपाल पठाउनका लागी कम्तीमा पनि १२५०० अष्ट्रेलियन डलर लाग्न सक्ने भएकोले सो रकम जुटाउन नावा र एन आर एन ए वेष्टर्न अष्ट्रेलियाले अष्ट्रेलियाभरिका नेपालीहरुलाइ अपिल गरिउको छ ।

आर्थिक सहयोग नावाको तल उल्लेखित च्यारिटी खातामा जम्मा गर्न सकिने छ ।

Account Name: NAWA Charity Account
BSB: 302162
A/C Number: 0724545
“Birat Tamrakar” as a reference

Please follow and like us:

Comments