अष्ट्रेलियाको ४५७ भिसा कुन कुन पेशाले पाउँछन् ?

हुन त प्रक्रिया पुगेका र अष्ट्रेलिया सरकारले वैधानिकता दिएका जुनसुकै पेशाका आवेदकले ४५७ भिसा पाउन सक्छन् । त्यसमध्ये पनि निम्न ५ पेशा यो भिसाका लागि उच्च प्राथमिकतामा पर्छन् । ती हुन् :

१ डेप्लोपर प्रोग्रामर
२ कुक
३ क्याफे र रेष्टुराँ म्यानेजर
४ मार्केटिङ विशेषज्ञ
५ र,आइसीटी विजनेश सर्वेविज्ञ

विदेशबाटै कसरी स्पोन्सर गर्ने ?

अष्ट्रेलियाको ४५७ भिसाको लागि विदेशबाटै पनि स्पोन्सरसीपको प्रक्रिया गर्न सकिन्छ । त्यसका लागि तीन चरणका प्रक्रियाहरु पूरा गर्न पर्छ । ती हुन् :

स्पोन्सरसीप :

यो भिसाका लागि सबैभन्दा पहिले स्ट्याण्टडर्ड कम्पनी आवश्यक पर्छ । किनभने उसले दिएको स्वीकृति अथवा उसँग भएको श्रम सम्झौताको आधरमा नै स्पोन्सर हुन्छ ।

नोमिनेशन :

स्पोन्सर गर्ने कम्पनीले नै स्पोन्सर गर्ने तय भएपछि आवेदकलाई ४५७ भिसाका लागि नोमिनेशन गर्ने कार्य गर्नुपर्छ ।

भिसा आवेदन :

स्पोन्सर गर्ने कम्पनीले सम्बन्धित आवेदकलाई कम्पनीको कुनै पदमा नोमिनेशन गरेर स्पोन्सरसीप कागजात तयार भएपछि बल्ल ४५७ भिसाका लागि आवेदन दिनसकिनेछ । यसैलाई ४५७ भिसाका लागि फाइनल प्रक्रिया मानिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

के ४५७ भिसा आवेदकले अँग्रेजी भाषा परीक्षा दिन पर्छ ?

यदि तपाईको स्पोन्सरसीप स्ट्यान्डर्ड विजनेश अन्तर्गत पर्दछ भने तपाईले अँग्रेजी भाषाको परीक्षा पनि दिनुपर्नेछ । तर निम्न शर्तहरु पूरा भएकाहरुले भने अँग्रेजी भाषाको परीक्षा दिइरहनुपर्दैन :

-क्यानडा,न्यूजिल्याण्ड,आयरल्याण्ड,युके र अमेरिकाका पासपोर्ट भएकाहरुले अँग्रेजी भाषा परीक्षा दिनपर्दैन ।
–यदि तपाईले अँग्रेजी माध्यममा पाँच वर्षसम्म पढेर माध्यमिक वा उच्च शिक्षा उत्तीर्ण गर्नुभएको छ भने पनि भाषा परीक्षा आवश्यक पर्दैन ।

४५७ भिसा वाहकले आफूसँगै परिवार पनि ल्याउँन पाउँछन् ?

पाउँछन् । अष्ट्रेलियाको भिसा नीतिले ४५७ भिसा पाएकाहरुले आफ्ना परिवारलाई पनि डिपेन्डेट भिसामा अष्ट्रेलिया ल्याउन पाउने व्यवस्था गरेको छ । यसरी डिपेन्डेट भिसामा आएकाहरुले पनि अष्ट्रेलियामा पढ्न र काम गर्न कानूनी मान्यता पाउाछन् ।

-HK Career Desk

Comments

comments