–लक्ष्मण गौतम

कुनै नेपाली पुरुषले भारतीय महिला बिवाह गर्यो भने ती भारतीय महिलाले बिवाहको भोलिपल्टै नेपाली अंगीकृत नागरिकता पाउछिन् । तर यदि कुनै भारतीय पुरुषले नेपाली महिला बिवाह गर्यो भने ती नेपाली महिलाले भारतीय नागरिकता पाउन ७ बर्ष कुर्नुपर्छ ! भारतमा ७ बर्ष कुर्नुपर्ने तर नेपालमा भोलिपल्ट नै पाईने ? आखिर किन ? बेलायतकै सन्दर्भमा पनि ५ बर्ष कुर्नुपर्छ । आखिर हाम्रा नेताहरु कसको दवावमा परेर यस्तो संबिधान बनाए त ?

अंगीकृत नागरिकताधारी भनेको बिदेशी नै हुन् । त्यही भारतमा अंगीकृत नागरिकताधारी उच्च पदमा जान पाउदैन,अमेरिकामा पनि पाउदैन भने नेपालमा पाउनुपर्ने कारण के ? देशको कुरा छाडौ,अंगीकृत नागरिकताधारी अर्थात विदेशीलाई उच्च पदमा पुराएर मधेशी जनतालाई के फाईदा छ ? भनेपछि यो एजेन्डा मधेशी जनताको कि भारतको ?

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

नेपालमा भारतीय प्रभाव छ,यो सबैलाई थाहा भएकै कुरा हो । नेपालको भाषा नेपाली हो भने नेपालभित्र मैथिली,गुरुङ,मगर लगायतका अन्य भाषाहरु पनि बोलिन्छन् । तर हिन्दी भाषा हाम्रो होईन भारतको भाषा हो । नेपालमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाएर मधेशी जनतालाई के फाईदा हुन्छ ? त्यसैले यो एजेन्डा मधेशी जनताको कि भारतको ? बुझ्न गाह्रो छैन ।

नेपालमा ८० दशमलव ५ हिन्दु र ९ दशमलव ४५ प्रतिशत ओमकार परिवार बसोबास गर्छन भने नेपालमा धर्म निरपेक्षता कसका लागि ? यो एजेन्डा नेपालीको कि युरोपियन युनियन र पश्चिमा मुलुकहरुको ?

अझै अधिकांश नेपाली जनता अखण्ड नेपाल चाहन्छन् । ६२–६३ को आन्दोलनमा संघियताको कुरा उठेकै थिएन भने यो एजेन्डा नेपालीको कि बिदेशीको ?

जनमत संग्रह गरौ । ९० दशमलव ५ प्रतिशत नेपाली जनता प्रत्यक्ष निर्वाचित कार्यकारी चाहन्छन् भने यो अस्थिरता मच्चाउने संसदीय व्यवस्था कसका लागि ?

मेरो निष्कर्ष के हो भने नेपाल डुब्दै छ । र देश डुबाउने अरु कोही होइनन्–यिनै दलहरु काँग्रेस,एमाले,माओबादी,मधेशी लगायत नै हुन ! त्यसैले अब अब जनता यी दलको पछि लागेर हिड्ने अवस्था छैन । देशको हितमा हामी सबै एकजुट हुनु आजको अपरिहार्य आवश्यकता हो । नभए देश विनाको नागरिक बन्ने दिन आउँन धेरै कुर्नु पर्ने छैन ।

Comments

comments