काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ ।

भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप दिनका लागि नेपाल आएको भारतीय टोली र परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल भएको हो ।

परराष्ट्रका एक अधिकारीका अनुसार शिष्टाचार महापालको नेतृत्वमा आएको भारतीय टोलीले नेपालका समकक्षीको टोलीसँग भ्रमण तयारीबारे जानकारी लिएका थिए । टोलीले राष्ट्रपतिले भ्रमण गर्ने भनिएको पोखरा, जनकपुरलगायत स्थानको अवलोकन भ्रमण गर्नेछन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseपरराष्ट्र मन्त्रालयनिकट स्रोतका अनुसार भारतीय पक्षबाट राष्ट्रपतिको भ्रमणका लागि करिब चार सयको सङ्ख्यामा भारतीय कमान्डो टोली पनि आउनेछन् । ‘सुरक्षा खतरा वा त्यस्तो कुनै विशेष परिस्थिति नभई प्रोटोकलको कारणले त्यति धेरे कमाण्डो टोली नेपाल आउन लागेको परराष्ट्रका ती अधिकारीले भने ।

दुई दिनसम्म रहने करिब दर्जन अधिकारीको टोलीसँगको छलफलपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको अन्तिम तालिका सार्वजानिक गरिने छ । मुखर्जी भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक १७ मा तीनदिने राजकीय भ्रमणमा नेपाल आउने तय भए पनि औपचारिक घोषणा भएको छैन ।

Comments

comments