काठमाडौं । प्रतिष्ठित च्याम्पियन्स लिगको फाइनल खेल युरोप बाहिर पनि हुने समभावना बढेको छ ।

युरोपियन फुटबलको प्रशासकिय निकाय युइएफएले च्याम्पियन्स लिगको फाइनल युरोप बाहिर पनि खेलाउन सकिने बताएको हो । युइएफएका अध्यक्ष अलेक्सान्डर सेफरिनले च्याम्पियन्स लिगको फाइनल खेल युरोप भन्दा बाहिर पनि खेलाउन सकिने बताएका हुन् । च्याम्पियन्स लिगको फाइलन खेल आयोजनाका लागि खुला प्रतिस्पर्धाबाट स्थान छनौट गर्न सकिने र त्यो युरोप बाहिर पनि हुन सक्ने अध्यक्ष सेफरिनले बताए । यस विषयमा छलफलको खाँचो रहेको उनको भनाई छ । सेफरिन गएको महिना युइएफएको अध्यक्ष बनेका हुन् ।

च्याम्पियन्स लिगका अहिलेसम्मका ६१ वटा फाइनल खेलहरु भएका छन् । तर ती सबै खेल युरोप भित्र भएका छन् । तर फाइनल खेल अमेरिका वा अरु कुनै देशमा गर्न सकिने र त्यहाँसम्म पुग्नका लागि समर्थकलाई अप्ठ्यारो पनि नहुने सेफरिनले बताएका छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseअहिलेसम्म च्याम्पियन्स लिगको फाइनल खेल आयोजनाका लागि टेन्डर प्रक्रिया हुने गरेको छैन । युइएफएको नेतृत्वले गोप्य रुपमा फाइनल खेल हुने रंगशाल तय गर्ने गरेको छ ।

सन् २०१० देखि च्याम्पियन्स लिगको फाइनल खेल शनिबार हुँदै आएको छ । प्रतियोगिताका अरु खेल भने हप्ताको मध्य तिर हुने गरेका छन् । तर सेमिफाइनल खेललाई पनि सप्ताहन्तमा गर्न सकिए दर्शक बढाउन सकिने सेफरिनको भनाई छ ।

Comments

comments