मेलबर्न । लोक संगीत क्षेत्रका लागि पूर्ण परियार परिचित नाम हो । उनको ढाँटी ढाँटी’ र बुट्टे चोली लगायतका एल्वमहरु प्रकाशन भएका छन् । उनको पछिल्लो एल्वम बुट्टे चोलीको म्युजिक भिडियो यतिखेर युट्युव लगायतका सामाजिक सञ्जालहरुमा लोकप्रिय बनिरहेको छ ।

म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका छन् । म्युजिक भिडियोमा शंकर विसी र पार्वती राईले अभिनय गरेका छन ।

विगत १ दशक देखि अष्ट्रेलिया बस्दै आएका परियार अन्तराष्ट्रिय नेपाली कलाकार समाज क्विन्सल्याण्डको महासचिव समेत हुन् । यस्तै बुन्डोल लाईन्स क्लवको कोषाध्यक्ष समेत रहेका पूर्णले अष्ट्रेलियामा स्विमिङ्ग क्लास लिने गर्छन् । नेपालको लमजुङमा जन्मेका उनै लोकगायक परियारसँग हिमालयन कङ्गारुको जम्घाभेट भएको छ :

म्यूजिक भिडियो त निकै राम्रो बनाउँनुभएछ । कहाँ छायांकन गर्नुभयो ?

धादिङ्को गल्छीमा ।

तपाईको लोक गायन यात्राको अविस्मरणीय क्षण ?

जब म आफ्नो गीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइरहेको थिएँ । बाहिर बसेर मन्द मुस्कान सहित वरिष्ठ लोक संगीतकार तथा गीतकार एकनारायण भण्डारीले सिकाइरहनु भएको थियो । त्यो क्षण मेरो लागि अविस्मरणीय बनेर रहेको छ ।

कहिलेदेखि गीत संगीतको मोहले तान्यो ?

म सानैदेखि गीत संगीत भनेपछि हुरुक्क हुन्थें । त्यतिखेर म सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा भन्ने गीत खुब गाउँथें ।

तपाईलाई मनपरेको कुनै गीत ?

मलाई गायक रामजी खाँडले गाउँनुभएको हावा चल्यो सररर भन्ने गीत साह्रै मन पर्छ ।

गीत गाउन त्यति धेरे दर्शकहरुको अगाडि माइक बोकेर उभिदा नर्भस अनुभव हुँदैन ?

अहँ हुँदैन । माइल लिएर दर्शकको अगाडि जान पाउँदा म त अझ उत्साहित पो हुन्छु ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseअष्ट्रेलिया आउनुभएको कति भयो ?

म विगत आठ वर्षदेखि अष्ट्रेलियामा छु ।

अष्ट्रेलियाको व्यस्त जीवनशैलीमा गीत संगीतलाई कसरी समय दिइरहनुभएको छ ?

गीत संगीत मेरो जीवनकै प्यासन हो । त्यसैले जति नै व्यस्त भए पनि यसका लागि जसरी पनि समय निकालेकै छु ।

तपाईलाई कुन बाजा मन पर्छ ?

मलाई किबोर्ड र पञ्जेबाजा मन पर्छ ।

नेपाली लोक संगीतप्रतिको श्रोता दर्शकको मोह घट्दै गएको भन्ने सुनिन्छ,कतिको सत्य हो ?

त्यो विल्कुल होइन । किनभने नेपालमा मात्र होइन जहाँ जहाँ नेपालीहरु पुगेका छन्,नेपाली लोक गीतप्रतिको उनीहरुको मोह उत्तिकै रहेको पाउँछु । उदाहरणका लागि नेपाल होस् कि विदेशमा हुने विवाह,जमघट वा कुनै सांस्कृतिक कार्यक्रम,त्यहाँ सबभन्दा बढी लोक गीत नै गुञ्जिने गर्दछ ।

गायक गायिका बन्न चाहनेहरुलाई के सल्लाह दिनुहुन्छ ?

गीत संगीत भनेकै साह्रै रमाइलो क्षेत्र हो । तर सिकेर र जानेर आउँदा राम्रो । म पनि अझै सिकिरहेको छु ।

प्रस्तुति : गोपाल सुवेदी

Please follow and like us:

Comments