काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा निर्माण गर्न लागेको नमूना बस्तीको निर्माण कात्तिक दोस्रो सातादेखि शुरु हुने भएको छ ।

योजना अनुसार काम हुने हो भने अर्को वर्षको दशैंभित्र लाप्राकवासी पुरानै गुरुङ बस्तीको शैलीका नयाँ घरमा सर्नेछन् । अघिल्लो बैशाख १२ को भुइँचालोको केन्द्रविन्दु नजिकै एक लाख ६५ हजार बर्ग मिटरमा रहेको गुम्सीपाखामा एनआरएनले भूकम्प प्रतिरोधी सहितको नयाँ घरहरु निर्माण गर्न लागेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बनाउने सो नमूना बस्तीमा चौतारी, सामुदायिक गेष्ट हाउस, होम स्टे र लाइभ संग्रहालय पनि हुनेछन् । ती सबै अपांगमैत्री हुनेछन् ।

हाल सरकारले उपलब्ध गराएको जग्गाको क्षमता अनुसार एनआरएनएको खर्चमा पहिलो चरणमा चार सय ४४ घर बन्ने छन् । ६ सय १२ घर बनाउनुपर्ने भए पनि जग्गा अपुग भएपछि बाँकी एक सय ५० घरका लागि पनि जग्गा उपलब्ध गराइदिन एनआरएनए अध्यक्ष शेष घलेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गर्नुभएको छ ।

उक्त नमूना बस्तीको गत असोज २१ गते नै प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरिसक्नुभएको छ । सो अवसरमा उहाँले बाँकी जग्गा पनि सरकारले छिटै उपलब्ध गराउने वचन दिनुभएको थियो । सोही दिन प्रधानमन्त्री दाहाल र संघका अध्यक्ष घलेले एनआरएनले बनाएको बस्ती विकास गुरुयोजना संयुक्तरुपमा अनावरण गर्नुभएको थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseयस्तो हुनेछ नमूना बस्ती :

लाप्राकमा निर्माण हुने नमूना बस्तीमा घरसहित गाविस भवन, विद्यालय, हेल्थ सेन्टर, स्थानीय भेषभुषा र संस्कृति झल्कने लाइभ संग्रहालय, बाटोघाटो र शौचालय हुनेछन् । ती सबै अपाङ्गमैत्री हुनेछन् । प्रत्येक घरलाई होम स्टेको अवधारणामा लगिने योजना अनुसार निर्माण गरिनेछ । त्यसैले प्रत्येक घर तीनदेखि चारजना पाहुना राख्ने क्षमताका हुने छन् । यसले स्थानीयवासीलाई आर्थिक उपार्जन हुने एनआरएनएको विश्वास छ ।

बस्तीको बीच भागमा एउटा सामुदायिक गेष्टहाउस पनि बन्ने छ । उक्त होमस्टे र गेष्टहाउसले गाउँलेलाई आम्दानीको स्रोतको व्यवस्था गरिदिने संघको योजना छ । बस्तीको पूर्वी भागमा लाइभ संग्रहालय हुनेछ । ‘लाइभ म्युजियम नेपालकै पहिलो म्युजियम हुनेछ जहाँ लाप्राकवासीसँग सरोकार भएका विषयलाई पर्यटकले प्रत्यक्ष अनुभुत गर्ने छन् । यसलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना छ ।

यसैगरी, म्युजियम नजिकै स्टेडियमको परिकल्पना गरिएको छ । ‘गुरुङ बस्तीलाई जस्ताको तस्तै बनाइने छ । यसका लागि उनीहरुको मौलिकतालाई जोगाउन अनुसन्धान भइसकेको छ । बस्तीभित्रै चौतारी बनाएर पहिलेको जस्तै गाउँ दुरुस्त बनाउने गरि गुरुयोजना बनाइएको छ ।

यसैगरी, बस्तीको उत्तर र पश्चिम भागमा विश्रामस्थल हुनेछन् । बस्तीको दक्षिण भागमा हेलिप्याड समेत हुने छ । जसले लाप्राकवासीलाई आपद्कालीन सेवा दिने छ। बस्तीको उत्तर पूर्वी भागमा चौतारा हुने छ ।

लाप्राकवासीलाई पिउने पानी उपलब्ध गराउन बस्तीको दक्षिण पश्चिममा पानीको ट्यांकी रहने छ ।

एउटा घर बनाउन १२ देखि १४ लाख लाग्ने एनआरएनएको अनुमान छ । एक हजार घर निर्माणका लागि हालसम्म ३५ करोड रुपैँया उठिसकेको बताइएको छ ।

Comments

comments