–डिकेन स्याङ्तान

जब अष्ट्रेलियाको भीसा लाग्यो,मनले त्यसै त्यसै आकाश छुन थाल्यो । जिन्दगीमा कहिल्यै नपाउँने कुरा पाए झैं लाग्थ्यो । मुहारमा छुट्टै खुशी र कान्ति छाएको थियो । भीसा पाएको दिन साथीभाइलाई जम्मा पारेर रेष्टुराँमा खुब रमाइलो गरियो ।

हेर्दा हेर्दै उड्ने दिन पनि आयो । राति १०ः३० बजेको फ्लाइट थियो । त्यसभन्दा केही समय पहिले नै एयरपोर्ट छिरिसक्नुपर्ने थियो । सबैजनालाई अन्तिम विदाइ गरियो । मन सम्हाल्न गाह्रो भैरहेको थियो ।

एयरपोर्टको लिफ्ट पनि माथि चढ्नका लागि मात्र रहेछ,तल झर्ने कुनै लिफ्ट देखिनँ । लाग्यो यसमा चढिसकेपछि अब फर्केर फेरि यो भूमिमा टेक्न पाउँदिनँ । जसोतसो मन सम्हालेर लिफ्टमा चढें । सोंचे मेरो जिन्दगीको वास्तविक यात्राको त्यही पहिलो पाइला थियो । प्लेनको ढोका खुल्यो,लाग्यो त्यो मेरो भविष्यको ढोका थियो ।

निर्धारित समयमा प्लेन उड्यो । मनमा छुट्टै खुशी र उत्साह त थियो तर त्यही मनको एउटा कुनामा नेपाल पनि रहेछ । साँच्चिकै भन्नुपर्दा प्लेनको ढोकाबाट छिरेपछि पहिले देशको माया लाग्दो रहेछ अनि मात्र परिवार र आफन्तहरुको यादले सताउँने रहेछ । देशभित्र रहँदा घृणा गर्ने त्यही देशको माया अचाक्ली लागेर आउँने रहेछ । धन्य राष्ट्र र यो राष्ट्रियता भन्ने कुरा ।

साँच्चिकै भन्नुपर्दा प्लेनको ढोकाबाट छिरेपछि पहिले देशको माया लाग्दो रहेछ अनि मात्र परिवार र आफन्तहरुको यादले सताउँने रहेछ । देशभित्र रहँदा घृणा गर्ने त्यही देशको माया अचाक्ली लागेर आउँने रहेछ ।

लगातर २ दिन उडेपछि बल्ल अष्ट्रेलियाको मेलबर्न आइपुगें । एयरपोर्टमा ओर्लने वित्तिकै विदेशको वैभव देख्न पाएँ । लाग्यो वाह यतिकै नेपालीहरु विदेश जान मरिहत्ते गरेका होइन रहेछन् ।

ट्याक्सी हेरें माज्दा,लिमोजिन,ल्याम्बर्गहिनी जस्ता एकसेएक ब्राण्डेड थिए । सोंचे यस्तो देशमा आएपछि अब खुब मस्ती हुनेछ । अझ अचम्म त त्यतिबेला लाग्यो जब मैले ट्याक्सी ड्राइभरलाई ठेगाना लेखेको चिट दिएर यो ठेगानामा पुर्याइदिनुस् भनें । उसले मलाई त्यो ठेगानामा पुर्याएर यो ढोकाबाट छिर्नुस् सम्म भन्न भ्याए । योभन्दा सिस्टमको नमूना अरु के चाहियो र ?

यसरी उदेक र नौलो मान्दै वित्यो मेरो अष्ट्रेलियाको पहिलो रात ।

दाइहरुसँग भेट भयो,कामको कुनै टेन्सन थिएन । त्यसैले खुब घुमियो र हेरियो मेलबर्न शहर ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here

twgg-advertiseअब भने विस्तारै कामको कुरा आउन थाल्यो । हरेक सुविधा,सिस्टम पैसा विना नचल्ने यो देशमा काम नगरि कहाँ सुख पाउँनु ? तर के काम गर्ने ? थाहा थिएन,केही मेसो पाइनँ ।

किचेनतिर छिरें । यहाँ अगाडि आएका नेपालीहरुले किचेनमा राम्रै गुडविल बनाएका रहेछन् । त्यसैले किचेन लाइनमा नेपाली भन्ने वित्तिकै जसले पनि काम सजिलै दिइहाल्ने रहेछ । नेपालीहरु त्यति धेरै विश्वासपात्र रहेछन् भनेर आफैं दंग परें ।

यहाँ अगाडि आएका नेपालीहरुले किचेनमा राम्रै गुडविल बनाएका रहेछन् । त्यसैले किचेन लाइनमा नेपाली भन्ने वित्तिकै जसले पनि काम सजिलै दिइहाल्ने रहेछ ।

किचेनको काम पनि सजिलो कहाँ हुँदो रहेछ र नेपालीलाई । शुरुमा त धनियाँलाई कोरियन्डर अनि भातलाई राइसितो भन्छ भनेर सम्म थाहा थिएन । त्यसैले काम गर्न गाहै भयो । घरमा आमाले एक पोटी प्याज काटेर सघाइ माग्दा नटेरेको मान्छे अष्ट्रेलिया आएर एक घण्टामै एक बोरा प्याज काट्नुपर्यो । शुरु शुरुमा भएर काम गर्न जानेको थिएन,गाली खाइन्थ्यो । फेरि घण्टाको हिसावले पैसा दिने भएर होला काम खुब छिटो गर्नुपथ्र्यो,मेशीनले जत्तिकै छिटो हुनुपर्छ भन्थे ।

घरमा आमाले एक पोटी प्याज काटेर सघाइ माग्दा नटेरेको मान्छे अष्ट्रेलिया आएर एक घण्टामै एक बोरा प्याज काट्नुपर्यो । शुरु शुरुमा भएर काम गर्न जानेको थिएन,गाली खाइन्थ्यो ।

हरेक कुरा मान्छेले परे पछि गर्ने रहेछ र गरेपछि सिकिने पनि रहेछ । विस्तारै काम सिकेर जान्ने भएँ । काम गर्ने बानी भएर होला शरीरको थकान कम महसुस हुन थाल्यो । किचेनमा सेफले पकाएको हेरेर विस्तारै आफूले पनि परिकारहरु बनाउन सिक्दै गएँ । र, अहिले फिट्चरोयमा सेफको रुपमा कार्यरत छु ।

यसबीचमा मैले सिकें सबैले खोज्ने सुख उनीहरुले भोग्ने दुखपछि आउँदो रहेछ । त्यसैले सुख पाउँनु छ भने दुखको सामना गरेर अघि बढ्नुपर्ने रहेछ । हामी सुख खोज्न अष्ट्रेलिया,जापान वा अमेरिका भन्दै बरालिन्छौं । तर जहाँ गए पनि आफैंले गर्नुपर्ने हो । किनभने अष्ट्रेलिया होस् या अमेरिका कसैले कसैलाई पाल्दैन । अर्को कुरा काम कहिले पनि सानो ठूलो नहुने रहेछ । सबै कामको आ आफ्नै महत्व उत्तिकै हुनेरहेछ ।

हामी नेपालमा हुँदा विदेश जान हतारिन्छौं । तर विदेशमा पाइला टेकेको पहिलो दिनमै पछारिन्छौं । किनकि देखेको जस्तो हुँदै हुँदैन विदेश,भोगेपछि बल्ल थाहा हुन्छ । विदेश आएपछि कति रात अनिदो बस्नुपर्छ,खाना र निन्द्रको वास्तविक स्वाद कस्तो हुन्छ ? सब थाहा हुँदै जान्छ । मान्छेले त्यही खानाका लागि श्रम गर्छन् तर त्यही खाना खाने फुर्सदसम्म पाउँदैनन् यो विदेशमा ।

नेपालमा हुँदा विदेश जान हतारिन्छौं । तर विदेशमा पाइला टेकेको पहिलो दिनमै पछारिन्छौं । किनकि देखेको जस्तो हुँदै हुँदैन विदेश,भोगेपछि बल्ल थाहा हुन्छ ।

तर विदेशमा खाइने यस्ता ठक्करहरुलाई च्यालेञ्ज मानेर अगाडि बढ्न सकियो भने जीवनमा केही गर्न सकिन्छ र विदेश आएको पनि सार्थक बन्छ । किनकि डरको अगाडि जित छ । अनि जो लड्छ,उसैले जित्छ पनि ।

–मेलबर्न,अष्ट्रेलिया ।

(तपाईले पनि आफ्नो अनुभूति पठाउँन चाहनुहुन्छ भने हामी सदैव स्वागत गछौं । आफूले जानेको अनुसार नेपाली वा अँग्रेजीमा लेखि पठाउँनुहोस् । त्यसलाई प्रकाशनयोग्य बनाएर हामी उचित स्थान दिनछौं । आफ्नो लेख वा अनुभूति हिमालयन कङ्गारुको फेसबुक पेजबाट पठाउँन सक्नुहुन्छ । अथावा  [email protected] मा इमेल पनि गर्न सक्नुहुनेछ । सम्पादक )

Comments