काठमाडौं । अदालतमा उपस्थित हुनुपर्ने डरले अख्तियार प्रमुख लोकमान सिंह कार्की दुबईमा लुकेर बसिरहेको खुलासा भएको छ ।

१५ दिनभित्र सर्वोच्च अदालतमा उपस्थित हुन म्याद पाएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की दुबईमा देखिएका हुन् । यस अघि उनी क्यानडाको साताव्यापी भ्रमणका लागि गएका थिए ।

कार्की दुबईको शेख जायद रोडस्थित दुसितथानी होटलमा एक हप्तादेखि बसिरहेको त्यहाँ कार्यरत नेपालीले बताएका छन् । हाफपाइन्ट लगाएर दुबई मल घुमिरहेको अवस्थामा कार्कीलार्य देखिएको उनीहरुले बताएका छन् । स्रोतका अनुसार कार्की बस्दै आएको होटलमा नेपाली दूतावास आबुधाबीले प्रयोग गर्दै आएको गाडी पनि पार्किङ गरिएको थियो । तर त्यो गाडीमा दूतावासबाट को पुगेको थियो भन्ने खुलेको छैन । कार्कीको व्यक्तिगत भ्रमण भएकाले वास्ता नगरेको दूतावासले जनाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here

twgg-advertise

गएको असोज ३ देखि २१ गतेसम्म भ्रष्टाचार निवारणसँग सम्बन्धित निकायको बैठकमा भाग लिन भन्दै क्यानडा गएका कार्कीले अहिले पनि क्यानडामै रहेको भन्दै पटक पटक गरेर कात्तिक १० गतेसम्म बिदा मागेको र राष्ट्रपति कार्यालयले उहाँको बिदा स्वीकृत समेत गरिसकेको छ ।

तर बिदा लिएर क्यानडामा भएका व्यक्ति स्वयमले कसरी आयोगको लेटरप्याडमा बिदा फारम भरे भन्ने खुलेको छैन ।

Please follow and like us:

Comments