काठमाडौं । लामो समयदेखि विवाहको हल्ला चलाउदै आएका निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले पहिलोपटक विवाहको कुरालाई स्वीकार गरेका छन् ।

पेजथ्री कार्यक्रममा कुरा गर्दै उनीहरुले विवाहको हल्लामा सत्यता रहेको स्वीकारेका हुन् । विवाह कहिले हुन्छ भन्ने बारे भने केही खुलाएका छैनन् । तर निर्माता छविले आफू विगत ५ वर्षदेखि एक्लै बस्दै आएकोले अब धेरै कुर्न नसकिने बताउँदै सम्भवतः यसै वर्ष विवाह हुने संकेत गरेका छन् ।

‘म ५ वर्षदेखि एक्लै छु,’ उनले भने, ‘लाइफ अब अर्को तरिकाले अगाडि बढ्नु प¥यो । बाँकी उहाँको इच्छा ।’ उनले तीन वर्षदेखि आफूहरुको सम्बन्धका बारेमा चर्चा चलिरहेको बताउँदैं शिल्पा आफूलाई मनपर्ने बताए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here

twgg-advertiseउता शिल्पाले पनि छविको एक्लोपन देखेर आफूलाई माया लागेकोले विवाहका लागि तयार भएको खुलासा गरिन्. । उनले भनिन्–‘खाना खानुभयो भनेर सोध्यो कहिले विस्कुट खाएर आएँ, कहिले नुडल्स खाएर आएँ भन्नुहुन्छ । यसरी एक्लै भएको देख्दाखेरी हामीलाई पनि माया लाग्छ नि त । त्यो माया जागेर मैले विहे गर्छु भनेकी हुँ ।’

तर, छविले अझै कुर्न परे अर्कैसाग विवाह गर्छु भनेर आफूलाई अप्सनमा राखेजस्तो कुरा गरेमा भने आफ्नो मन नपग्लिने उनको घुर्की थियो ।

Please follow and like us:

Comments