एजेन्सी । हत्या आरेपमा दोषी ठहर भएपछि साउदी अरेबियाका एक राजकुमारलाई फाँसीको सजाय दिइएको छ ।

तीन वर्षअघि विवादको क्रममा एकजना नागरिकको गोली हानी हत्या गरेको आरोपमा दोषी पाइएका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई फाँसी दिइएको साउदी अरेबियाको गृह मन्त्रालयले जनाएको छ । राजकुमार अल–काबिरलाई कसरी फाँसी दिइयो भन्नेबारेमा केही खुलाइएको छैन । साउदी अरेबियामा विभिन्न अपराधमा संलग्नलाई मृत्युदण्ड दिने गरिएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here

twgg-advertiseराजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति रहेको विविसीले जनाएको छ ।

सर्वसाधारण नागरिकलाई फाँसीको सजाय दिनु सामान्य रहेपनि साउदी राजपरिवारका सदस्यलाई फाँसीको सजाय निकै कम दिइन्छ ।

Comments