काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गैरकानुनी आदेश अस्वीकार गर्दा तीन प्रहरी उपरीक्षक (एस्पी) कारबाहीमा परेका छन् ।

गैरकानुनी काम गर्ने अभियुक्तलाई छाड्न नमानेका कारण निधिको ठाडो आदेशमा तीन जिल्लाका नेतृत्व गरिरहेका एसपीलाई कारबाहीस्वरूप सरुवा गरिएको हो ।

आफूअनुकूल काम प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नभएको मौकामा सोमबार प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको छ । प्रहरी महानिरीक्षक अर्याल अमेरिकामा रहेको बेला मन्त्रीको आदेश अस्वीकार गर्न नसकी कार्यवाहक प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले नै उनीहरूलाई सरुवा गरेका हुन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here

twgg-advertiseप्रहरी प्रधान कार्यालयको नियामित सरुवा बाँकी हुँदै मन्त्री निधिले गम्भीर अपराधमा संलग्न रहेका आफ्ना कार्यकर्ता छोड्न अटेर गरेको र अवैध हुन्डी कारोबारीलाई पनि छाड्न नमानेका कारण तीन एसपीलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानेका हुन् ।

मधेस आन्दोलनका क्रममा पर्सा पुगेका राजुबाबु श्रेष्ठ, धनुषा पठाइएका रामदत्त जोशी र सिरहा पठाइएका श्याम ज्ञवालीलाई मन्त्री निधिको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले नियमित सरुवाभन्दा पहिला नै प्रधान कार्यालय झिकाएको छ ।

Comments

comments