मेलबर्न । अष्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबबाट अष्ट्रेलियामा प्रशिक्षण लिई रहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले आफ्नो खेल जीवनका लागि प्रार्थना गरिदिन नेपालीहरुसँग आग्रह गरेका छन् ।

सन्दीपले राम्रो काम गरेर नेपालको नाम माथि राख्ने चाहना पनि व्यक्त गरेका छन् । माइकल क्लार्कको आत्मकथाको किताब ’माई स्टोरी ( माइकल क्लार्क’ को प्रमोशनको लागि भएको सोमवार भएको फेसबुक लाइभमा देखिएका सन्दिपले आफू अष्ट्रेलियामा’इन्जोए’ गरिरहेको बताए । उनले भने ’आई लभ अष्ट्रेलिया, मज्जा आईरहेको छ, म यहाँ राम्रो गर्ने छु, मेरो लागि ’प्रे’ गरिदिनु होला, नेपालको नाम माथि राख्ने छु’ । सन्दिपले क्लार्कको अनुमति लिएर नेपालीमै सम्बोधन गरेका थिए ।

उनले सबैलाई सहयोगको लागि धन्यबाद पनि दिए । साथै क्लार्कको किताबको बारेमा उनले किताब राम्रो रहेको र पढिदिन पनि आग्रह गरे ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here

twgg-advertiseक्लार्कले पनि सन्दिपको खुलेरै प्रशसा गरे । उनले सन्दीपको भविष्य राम्रो रहेको बताए । उनले भने ’म सन्दिपमाथि दबाब दिन चाहन्न, उसले अहिले खेल ’इन्जोय’ गर्नुपर्छ, निरन्तर सिक्नु पर्छ’ । क्लार्कले सन्दीपले अहिले नेपालको भन्दा फरक पिचमा खेलिरहेकाले भबिष्यमा बिश्वको जुन सुकै पिचमा पनि सफल हुने बिश्वास लिए ।

क्लार्कको आत्मकथाको किताब सोमबार नै सार्बजनिक भएको छ ।

Comments

comments