काठमाडौं । ३२ वर्ष अघि गरिउको अपराधमा जाजरकोटका एक व्यक्तिलाई पक्राउ गरि जेल चलान गरिएको छ ।

जिल्ला अदालतको आदेशले जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका पुन्मा–५का बासिन्दा हाल भेरीमालिका नगरपालिका–६ बस्ने ६८ वर्षीय प्रताप वलीलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको छ।

बत्तीस वर्ष अगाडि भएको घटनापछि भागेर हालसम्म फरार रहेका दोषी वलीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

Comments

comments