मेलबर्न । बस्नका लागि विश्वकै सुरक्षित र योग्य जीवनशैली भएको अष्ट्रेलिया अहिले धेरैको सपनाको भूमी बनेको छ । यहाँको बहुसांस्कृतिक संरचना त्यसैको उपज हो । त्यसो त अष्ट्रेलियाले विश्वका जुनसुकै देशका नागरिकका लागि अष्ट्रेलियाको ढोका खुल्ला राखेको छ । यसका लागि उसले विभिन्न किसिमका भीसाहरु उपलब्ध गराइरहेको छ । अष्ट्रेलिया आउन र बस्न चाहनेहरुका लागि ४५७ भीसा सबैभन्दा उत्तम भीसा हो । त्यसैले हिमालयन कङगारुका पाठकहरुका लागि हामी यो भीसाका बारेमा क्रमशल् विस्तृत जानकारीहरु प्रस्तुत गर्दै जानेछौं ।

४५७ भीसा भनेको के हो ?

यो ४५७ भीसा भनेको लामो समय अष्ट्रेलियामा बस्नेहरुलाई काम गर्न अनुमति सहितको भीसा हो । त्यसैले यो भीसा रोजगारदाताको स्पोन्सरसीपमा मात्र दिइन्छ । यसको अवधि ४ वर्षसम्मको हुन्छ । अर्थात एकपटक यो भीसा पाइसकेपछि चार वर्षसम्म वैधानिक रुपमा काम गर्न पाइन्छ । यो अष्ट्रेलियामा सबैभन्दा बढी चलेको र रुचाइएको भीसा हो । अष्ट्रेलिया सरकारले २०१६ मा सार्वजनिक गरेको तथ्यांक अनुसार अष्ट्रेलियामा अहिले करिब ४ लाख जना विदेशीहरु यो ४५७ भीसा लिएर काम गरिरहेका छन् । तीमध्ये अधिकांशले ४ वर्षको अवधि पाउका छन् । भर्खरै स्थापना गरिएको कम्पनीको स्पोन्सरसीपमा समेत १८ महिनाका लागि यो भीसा उपलब्ध हुन्छ । यो भीसा पछि आवश्यकता अनुसार नवीकरण पनि गर्न सकिन्छ ।

यो ४५७ भीसा आजभन्दा २० वर्ष अघि पहिलोपटक शुरु गरिएको थियो । त्यतिखेर अष्ट्रेलियाका विभिन्न स्थानहरुमा कामदारको अभाव भएपछि त्यसलाई पूरा गर्न यो भीसा दिन थालिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

४५७ भीसाका लागि आवश्यक योग्यता र मापदण्ड :

यो भीसा लिनका लागि सबैभन्दा पहिले अष्ट्रेलिया सरकारबाट मान्यता प्राप्त कम्पनीले स्पोन्सर गर्ने सहमतिपत्र दिन आवश्यक छ । उक्त सहमतिपत्रमा श्रम समझौताबारे स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्दछ । त्यसरी स्पोन्सर गर्ने कम्पनीले आफ्नो सक्षमता खुलाउँने कागजपत्रहरु पनि बुझाउँनुपर्छ । किनभने ४५७ भीसा वाहक कामदारलाई दक्ष अप्रवासी कामदारको न्यूनतम आम्दानी भन्दा कम तलब दिन पाइदैन । अर्थात वार्षिक न्यूनतम ५३ हजार ९०० डलर तलब दिनुपर्ने हुन्छ ।

कतिपय अवस्थामा काम शुरु गर्नुभन्दा अघि विभिन्न तालिमका लागि समेत खर्च गर्नसक्ने तत्परता स्पोन्सरले देखाउँनुपर्ने व्यवस्था छ । यो भीसा स्पोन्सर गर्ने कम्पनीले वर्षमा कम्तीमा आम्दानीको १ प्रतिशत रकम कामदारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिममा खर्च गर्नुपर्दछ । यदि कुनै कम्पनीले आफूले तालिम सञ्चालन गर्न नसक्ने हो भने तालिम प्रदायक संस्थाहरुलाई आम्दनीको २ प्रतिशतसम्मको रकम डोनेशन दिनसकिनेछ । त्यसरी उपलब्ध गराइएको तालिमको घण्टा र समय अवधि समेत गन्ती हुने भएकोले यो महत्वपूर्ण छ ।

कन्सोलिडेटेड स्किल्ड अकुपेशनको लिष्टमा समावेश क्षेत्रका कम्पनीले मात्र ४५७ भीसाका लागि स्पोन्सर गर्न सकिनेछ ।
यसदेखि बाहेक यो भीसाका लागि आवेदन दिन चाहनेसँग यी योग्यताहरु हुन आवश्यक छ :

–सम्बन्धित काम र पोजिशनका लागि आवश्यक क्षमता,योग्यता र अनुभव भएको हुनुपर्नेछ ।

–अँग्रेजी भाषाको दख्खलता हुनुपर्नेछ । यो देश अनुसार फरक फरक हुनसक्ने व्यवस्था छ ।

–आवश्यक परेको बेला जुनसुकै लाइसेन्स लिनसक्ने योग्यता र क्षमता हुनुपर्नेछ । विशेष गरी व्यापारसँग सम्बन्धित कम्पनीमा यस्ता लाइसेन्सहरु आवश्यक पर्ने गर्दछ ।

–४५७ भीसा पाउन कम्तीमा १८ वर्ष पूरा भएको हुनुपर्नेछ ।

–भीसा लिनेले स्वास्थ्य विमा अनिवार्य गर्नुपर्दछ ।

बाँकी अर्कोपटक…

Comments

comments