मेलबर्न । वैशाख १२ को भूकम्पपछि पनि नेपाल पर्यटकीय गन्तव्यका रुपमा सुरक्षित रहेको सन्देश दिन र धेरै भन्दा धेरै अष्ट्रेलियन पर्यटकहरुलाई नेपाल भ्रमणमा जान अभिप्रेरित गर्ने उदेश्यले अष्ट्रेलियाका विभिन्न शहरहरुमा पर्यटन प्रवद्र्धन कार्यक्रम भैरहेको छ ।

प्रवासी नेपाली मञ्चको आयोजनामा सिड्नीबाट शुरु भएको यो कार्यक्रम मेलबर्नमा पनि हुने तय भएको छ । मेलबर्नमा हुने सेफ नेपाल भिजिट नेपाल कार्यक्रमको अवसरमा मल्टिकल्चरल परेडको समेत आयोजना गरिने भएको छ । यही आउँदो शनिवार अर्थात अक्टुर २२ मा हुने उक्त परेड कार्यक्रम संसद भवनबाट शुरु भएर अलेक्जेण्डर पार्कमा पुगेर समापन हुनेछ ।

‘नेपाल इज व्यूटीफूल एण्ड इन्जोय योर नेक्ट भ्याकेशन’ भन्ने नारा सहित आयोजना हुने यो मल्टिकल्चरल परेडमा सहभागी बन्न आयोजकले सबै नेपाली समुदायलाई आह्वान गरेको छ । परेड १० बजे शुरु हुनेछ । परेडपछि मध्यान्ह १२ बजेदेखि अलेक्जेण्डर पार्कमा सेफ नेपाल भिजिट नेपाल कार्यक्रम शुरु हुनेछ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here

twgg-advertiseकँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा हुने पर्यटन प्रवद्र्धन कार्यक्रममा लोक गायक बद्री पंगेनी,हाँस्य कलाकार जितु नेपाल र गायिकाद्धय मिलन अमात्य र प्रीति आलेको आकर्षक प्रस्तुति रहनेछन् । साथमा मेलबर्नका नेपाली कलाकारहरुले पनि प्रस्तुति दिनेछन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र विशेष अतिथि एमाले नेता तथा पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद ढुङ्गाना रहनुुहनेछ ।

Comments

comments