काठमाडौं । विश्वसुन्दरी बलिउड नायिका ऐश्वर्य राय बच्चनको सौन्दर्य सधैं चर्चाको विषय बन्दै आएको छ ।

एउटी बच्चाकी आमा भए पनि ऐश्वर्यको सौन्दर्यमा कुनै कमी आएको छैन,अझ उमेरसँगै उनको सौन्दर्यमा पनि निखार हुँदै गएको आभाष हुन्छ ।

पछिल्लो समय ऐश्वर्य रणवीर कपुरसँग अभिनय गरेको फिल्म ए दिल है मुश्किलका कारण चर्चामा छिन् । यो फिल्ममा ऐश्वर्य अझ बढी सुन्दर देखिएकी छिन् भने बच्चाकी आमा र बच्चन परिवारकी बुहारी भएर पनि उनले लिप किस मात्र होइन निकै बोल्ड दृश्य समेत दिएकी छिन् । यही कारण ए दिल है मुश्किल फिल्म सेन्सरबाट उम्किन साँच्चिकै मुश्किल भैरहेको छ ।
ऐश्वर्यको चार्म अहिले पनि कति छ भन्ने कुरा शनिवार आयोजित एक अवार्ड समारोहमा प्रष्ट देखियो । फिल्मफेयर ग्लैमर एण्ड स्टाइल अवार्ड समारोहमा हुन त अमिताभ वच्चन,जीनत अमान,रेखा लगायतकान दिग्गज कलाकारहरु समेत उपस्थित थिए । तर सबैको नजर सिर्फ ऐश्वर्यमा केन्द्रीत थियो । जसै उनी ब्लैक गाउन लगाएर रेड कार्पेटमा पुगिन् तब सबै जना उनैतिर झुमिमए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggउक्त अवार्डमा ऐश्वर्यलाई मस्ट ग्ल्यामरस स्टार फिमेल अवार्डबाट सम्मानित गरियो । ऐश्वर्यलाई उक्त अवार्ड प्रदान गर्दै अभिनेत्री रेखाले पहिलोपटक ऐश्वर्य किन यति सुन्दर छिन् भन्ने कुराको राज खोलिन् । उनले खोलेको उक्त राज सुनेर समारोहमा उपस्थित अमिताव वच्चन समेत मुस्कुराएका थिए ।

रेखाले भनिन्–जब ऐश्वर्य पेटमा थिइन् उनकी आमाले सधैं मेरो फोटो हेर्ने गर्थिन् । त्यसैको मानसिक प्रभाव स्वरुप ऐश्वर्य यति सुन्दर जन्मिन् । हुन त रेखाले यो कुरा मजाकमा भनेकी थिइन् तर उनको कुरालाई सबैले गजब माने ।

Comments

comments