काठमाडौँ । लागूऔषध नियन्त्रण ब्युरोको एक टोली अहिले पूर्वसांसद मधुसूदन अग्रवालको परिवारको खोजीमा खटिएको छ ।

औषधि बनाउने आवरणमा भित्र्याइएको सहायक रसायन स्युडोफिड्रिन तस्करी गरेको आरोपमा प्रहरीले अग्रवाल, उनका भाइ अमित अग्रवाल, श्रीमती, बुहारी र छोराको खोजी गरेको हो ।

अग्रवाल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पूर्वसांसद हुन् । मधुुसूदन र उनका भाइ अमितको नाममा रहेको एसआर ड्रग्स र टौरस ल्याब फर्माले स्विटजरल्यान्डबाट ल्याएको स्युडोफिड्रिन औषधि नबनाई अन्यत्र पठाएको खुलेपछि ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो । ‘औषधि बनाउन भित्र्याएको रसायन दुरुपयोग भएको देखिएपछि हामी अनुसन्धानमा छौं,’ ब्युरोका डीआईजी जयबहादुर चन्दले भने, ‘दुवै उद्योगमा छापा मार्दा दुरुपयोग भएको देखिन्छ, तर अग्रवाल परिवारसहित फरार छन् ।’

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseऔषधि व्यवस्था विभागबाट लिएको आयात अनुमति विवरणअनुसार सतुंगलमा रहेको एसआर र धादिङको धार्केमा रहेको टौरसले औषधि बनाउन ३ हजार ५ सय किलोभन्दा बढी स्युडोफिड्रिन नेपाल मगाएको देखिएको छ ।

तर, उनीहरूले स्युडोफिड्रिन औषधि उत्पादन गर्न प्रयोग नगरी अवैध रूपमा भारत हुंँदै चीन लगायतका देशमा पठाएको अनुसन्धानमा देखिएको छ ।

Comments