सिड्नी । शान्ति र सकारात्मक सोचले स्पर्श गर्ना साथ ,खुम्चिएका मुटुहरू प्रफुल्न हुन्छन्। जीवनका निराशाहरू ओझेल पर्छन् । अनुहारमा खुसीको घाम झुल्किन्छ । एउटा सानो उत्प्रेरणाका शब्दहरू जीवनमा दिशानिर्देश गर्ने विज बन्न सक्यो । यस्तै अनुभव बटुलेर घर फर्किए सिड्नीका वासिन्दाहरू शनिवार,आर्ट अफ ह्यापिनेस अर्थात ‘खुशी रहने सुत्रहरू नामक एक कार्यर्कमबाट । उक्त कार्यक्रम ई हर्टस्भिलस्थित सिभिक थिएटरमा आयोजना गरिएको थियो ।

दि माइण्ड पावर सोसाइटी’ र ‘नाइफा’ सिड्नीले आयोजना गरेको सो कार्यक्रम पूर्वीय दर्शनको शान्ति पश्चिममा फैलाउने एक सेतु बन्न पुगेको सहभागीहरूको प्रतिकृया रह्यो । सिड्नीमा बस्दै आउँनुभएका युवा अध्यात्मिक गुरु आचार्य राजन शर्मा (भीमसेन सापकोटा ) ले सो अवसरमा सुखका सुत्रहरूलाई प्रशिक्षण गराउंदै सबैलाई पेट मिचि मिचि हांस्दै रम्नसक्ने मुल मन्त्र सिकाउँनुभएको थियो । जहां विभिन्न रोग निवारणका सहज योग आसनहरू , हांस्य चिकित्सा , तनाव व्यवस्थापनका सुत्रहरू प्रस्तुत गर्दै उत्प्रेरणाका उर्जाशील प्रवचन मार्फत उत्प्रेरक आचार्यले सबैलाई उत्साहित पार्नुभएको थियो । सो अवसरमा उहाँले कुण्डलिनी ध्यान योग तथा ध्यानका सुत्रहरूबारे पनि सहभागीहरुलाई प्रशिक्षण दिनुभयो ।

artरोमान्चकता हाँसो,सफल जीवनका लागि उत्प्रेरणाले भरिएको सो कार्यक्रम सिड्नीमा आयोजना गरिएका कार्यक्रममध्ये अब्बल भएको भन्दै सहभागीहरुले यसलाई निरन्तर विभिन्न स्थानमा आयोजना गर्नुपर्ने प्रतिकृया थिएका थिए ।

राजनीति,जातियता,वर्ग र गुट भन्दा माथि उठेर आयोजना गरिएको सो शान्तिपूर्ण कार्यक्रममा बताईएको सुखका सूत्रहरूलाई सामाजिक सन्जाल मार्फत समेत अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो । भारत,अमेरिका,नेपाल,सिङ्गापुर,फिजी लगायतका देशमा चिरपरिचत आचार्य राजन शर्माका ‘सुख सुत्रका कला ‘सिड्नीमा भने यति विशाल रुपमा पहिलो पटक आयोजना गरिएको हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseन्यू साउथवेल्सका महावाणिज्यदूत दीपक खड्का प्रमुख अतिथि रहनु बहेको सो कार्यक्रममा , गैरआवसिय नेपाली संघ (एनआरएन )का प्रवक्त्ता रन्जु थापा,एनआरएन आइसीसीका सदस्य केशव सापकोटा , एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी लगायत समुदायका विभिन्न व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । उहाँहरुले पनि कार्यक्रम अति नै लाभदायक भएको र यस्तो कार्यक्रममा हरेकले आफ्नो जीवनमा एक पटक सहभागिता जनाउंनैपर्ने बताउनुभयो ।

कार्यक्रममा आचार्य राजन शर्माले बताउनु भएका केही उपयोगी अंशहरू :

-आहार, विहार र प्रत्यहारलाई हरेक दिन सच्याउंदै जाने

-जसलाई भेटे पनि उसबाट सकारात्मक कुरा लिन खोज्ने

-आफूलाई चिन्न सदैव साधना गर्ने

-आफूमा भएको सकारात्मक गुण,उपलब्धिहरूलाई सूची बनाउने

-हरेक दिन सिकेका राम्रा कुराहरुको संकलन गर्ने

-योग , ध्यान ,साधनाका अभ्यास निरन्तर गर्ने

-निराशा अन्त्य गर्ने योग ‘ शब्द ब्रम्ह योग साधना’ गरिरहने

-मृत्युको सतत याद गरिरहने आदि ।

Comments

comments