तपाईको नेपालमा घर कहाँ हो ?

मेरो घर नेपालको पोखरामा पर्छ ।

अहिले अष्ट्रेलियामा कुन कलेज वा युनिभर्सीटीमा पढ्दै हुनुहुन्छ ?

म फेडेरेशन युनिभर्सीटी अन्तर्गतको एमआइटी कलेजमा पढ्दैछु ।

कुन विषय पढ्दै हुनुहुन्छ ?

म आईटी विषय लिएर पढ्दैछु ।

यो विषय आफैंले रोज्नुभएको कि परिवारले ?

होइन,आइटी विषय म आफैंले रोजेको हूँ ।

विद्यार्थी जीवन रमाइलो कि नरमाइलो ?

रमाइलो नि । विद्यार्थी जीवन भनेको जिन्दगीकै यात्राका लागि शुरुवातका पाइलाहरु अगाडि सार्ने समय हो । हरेक दिन नयाँ नयाँ कुराहरु सिक्न र बुझ्न पाइनुका साथै नयाँ अनुभवहरु बटुल्दै अगाडि बढ्न पाइने बेला नै विद्यार्थी जीवनमा हो । त्यसैले मलाई त विद्यार्थी जीवन एकदम रमाइलो लाग्छ ।

कलेजमा लभ गर्नु ठीक कि बेठीक ?

माया भन्ने चीज समय मिलाएर वा साइत जुराएर गरिन्न । यो कुन बेला र कोसँग गर्ने भन्ने पहिले नै निश्चित हुने भएको भए संसारमा मायाको महत्व नै हुदैन थियो होला । त्यसैले कलेजमा माया गर्न मिल्ने या नमिल्ने भनेर म भन्न सक्दिनँ । माया जहिले पनि हुनसक्छ,जुन ठाउँमा पनि बस्न सक्छ ।

लभ लेटर मीठो कि लेक्चर ?

लभ लेटर नै मीठो हुन्छ होला नि । तर आफूले चाहिं चाख्नै पाइएन र पो । अहिले आएर फेसबुकले त्यो मौका खोसी दियो ।

कक्षामा कुन बेला निदाइन्छ ?

डबल सिफ्ट काम गरेर अबेर राति मात्र घर फर्केर विहानै कलेज जाँदा कक्षामा मज्जैले निदाइन्छ ।

कुन बेला अक्सर सपना देखिन्छ ?

कक्षामा निदाउँदा । अनि मेरी आमाको हँसिलो मुहारको झल्को आउँदा ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggअष्ट्रेलियाले तपाईलाई के सिकायो ?

अष्ट्रेलियाले मलाई सिकाएको पहिलो पाठ भने पाइला अगाडि सार्दै जाउ,गन्तव्य तिम्रै हुनेछ हो । अनि अष्ट्रेलियामा आएर मैले जिन्दगी,समय,पैसा र मान्छेको महत्वलाई बुझ्न पाएँ,यो सकरात्मक पक्ष हो भने आफ्नो देशबाट बाहिर आउँनु भनेको सबैकुरा शुन्यबाट शुरु गर्नुपर्दो रहेछ,यो चाहिं नकरात्मक पक्षको रुपमा लिएको छु ।

हुन त अष्ट्रेलियामा रहेका नेपाली दाजुभाइहरुका अनुभवहरु विभिन्न अनलाइन,युट्युवहरुमा हेरेको र पढेको थिएँ । त्यसैले नेपालमै हुँदा अष्ट्रेलियाप्रतिको एक किसिमको सोंच विकास भएको थियो । अहिले यहाँ आएर हेर्दा पनि खासै फरक भेटिनँ । तर धेरै कुरा यही आएर थाहा पाएँ । सुनेको अष्ट्रेलिया र भोगेको अष्ट्रेलियामा निकै फरक पाएँ । मेरो बुझाइमा अष्ट्रेलिया जस्तो विकसित देशहरुमा लाइफस्टाइल त छन् तर साँच्चिकै लाइफ भने छैन ।

अष्ट्रेलिया आउने योजनामा रहेका नेपालीहरुलाई के भन्नुहुन्छ ?

सबैभन्दा पहिले तपाई साँच्चिकै अष्ट्रेलिया आउन चाहनुभएको हो कि होइन,प्रष्ट हुनुहोस् । अनि तपाई पढ्नैका लागि यहाँ आउन खोज्नुभएको हो कि अरु नै उदेश्य हो,त्यसबारेमा पनि क्लियर हुनुहोस् ।

पढ्नका लागि आउने हो भने तपाईले घरबाटै फी पैसाको व्यवस्था गर्नसक्नु भयो भने उत्तम हुन्छ । अनि यहाँ तपाईले काम गरेर कलेजको फी तिर्ने र अरु आवश्यक खर्च मात्र व्यहोर्नुपर्ने हो भने पनि ठीक होला । तर तपाईको लक्ष्य डलर कमाउँनु हो भने पढाइलाई विर्सनुहोस् । किनकि त्यही डलरको पछि दौडिदा दौडिदा समय वितेको तपाईले पत्तो नै पाउनुहुन्न । पैसा नै कमाउँने हो भने वैदेशिक रोजगारमा जानु राम्रो ।

प्रस्तुति : गोपाल सुवेदी

Comments

comments