एजेन्सी । एक अध्ययन अनुसार पोकेमन गो खेल्नाले मानिसको आयु बढ्दछ । उक्त अध्यनमा नियमित रुपमा पोकेमन गो खेल्ने मानिसको आयु ४१ दिनले बढ्ने दाबी गरिएको छ । पोकेमन गो स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक रहेको बताइएको छ ।

अमेरिकाको स्टानफोर्ड विश्वविद्यालय तथा माइक्रोसफ्टका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार पोकेमन गो का खेलाडिहरु हरेक दिन पोकेमन खेल्ने क्रममा औषतमा १४ सय ७३ पटक पाइला चाल्दछन् । यो सामान्य हिँडाइको २५ प्रतिशत धेरै हो । शोधकर्ताहरुका अनुसार १५ देखि ४९ वर्षसम्मका मानिसहरुले यदि हरेक दिन अतिरिक्त १ हजार पाइला हिँड्ने हो भने उनीहरुको आयु ४१.४ दिनले बढ्नेछ ।

पोकेमन गो मा खेलाडिलाई आफ्नो आसपास पोकेमन खोज्दै त्यसलाई पक्राउ गर्नुपर्ने हुन्छ । तर पोकेमनलाई खोज्ने र पक्रिने ध्याउन्नमा धेरै मानिसहरु घाइते नै भएका घटनाहरु समेत सार्वजनिक भएका छन् । तर पोकेमन गो खेल्दा मानिस शारीरिक रुपमा सक्रिय हुने हुनाले यसले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ र मानिसको आयुमा बढोत्तरी गर्दछ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggअध्ययनका क्रममा शोधकर्ताहरुले ३२ हजार जना पोकेमन खेलाडिहरुको क्रियाकलापलाई ३ महिनासम्म जायरोस्कोप तथा एक्सलरोमिटरको सहायताले ट्रयाक गरेका थिए ।

आफ्नो कामको प्रकृति तथा बदलिँदो जिवनशैलीका कारण अहिले मानिसहरुमा शारीरिक क्रियाकलापमा निकै कमी आएको छ र धेरै मानिसहरु दिनभर शारीरिक रुपमा सक्रिय रहँदैनन् । जसले उनीहरुलाई मोटोपना, मधुमेह, मुटुको रोग जस्ता समस्याको जोखिममा पारेको हुन्छ ।

तर यदि उनीहरु पोकेमन गो खेल्नेहो भने उनीहरुको स्वास्थ्यमा सुधार आउने पक्का हुन्छ । शोधकर्ताहरु भन्छन्न‘ पहिले देखि नै स्वस्थ तथा सक्रियमानिसहरुका साथै कम सक्रिय तथा मोटोपनाको सिकार भएका मानिसहरुलाई पनि यो खेलले फाइदा पू¥याउछ ।’

शोधकर्ताहरुले मानिसको स्वास्थ्य राम्रो बनाउने भन्दै बनाइएका अन्य विभिन्न एप्सको तुलनामा पोकेमन गो निकै प्रभावकारी रहेको बताएका छन् ।

Comments

comments