काठमाडौं । मानिसको चेतना स्तर जति जति वृद्धि हुँदै गएको छ,उति उति नै सामाजिक मूल्य र मान्यताहरु कम हुँदै गएको छ भने पारिवारिक विखण्डन बढ्दै गएको छ । नेपालीहरुको चेतनाको स्तर उक्सिदै आएपनि व्यवहारिक अपरिपक्वताले सम्बन्ध विच्छेदका घटना न्युनीकरण हुन सकेको छैन । कम उमेरमा विवाह, बैदेशिक रोजगार, सामाजिक सञ्जालमा बढ्दो विकृति, मादक पदार्थ सेवन, मध्यस्थकर्ताहरुको दवावले गर्दा नेपाली समाजमा सम्बन्ध विच्छेदका घटनाले प्रश्रय पाउँदै गएको छ ।

पाश्चात्य संस्कृतिको प्रभावले नेपालीहरुमा सम्बन्ध विच्छेदजस्ता कुरीति दिनहु बढिरहेका छन् । कम उमेरमा विवाह, सन्तानको जन्म, आर्थिक स्थिति कमजोरपछि श्रीमानको वैदेशिक यात्राले अधिकांश जोडिहरुबीच सम्बन्ध विच्छेद हुने गरेको छ । भोजपुरमा श्रीमान विदेशिएपछि सासु, आमाजु, नन्दाको अपहेलनाले गर्दा माइती बस्ने कारण पारिवारिक दवावमा परि जोडिहरु छुट्टिने घट्नामा तीव्र वृद्धि भएको छ ।

जिल्लास्थित महिला तथा बालबालिका कार्यालयका अनुसार गत आर्थिक वर्षमा १ सय ३७ वटा उजुरी परेको थियो । त्यसमध्य ४८ जोडिले े अदालतमा पुगेर सम्बन्ध विच्छेद गरेका थिए । अन्य उजुरी मिलापत्र गरेको र केही उजुरी प्रक्रियामा रहेको जनाएको छ । यस आर्थिक वर्षको साउन र भदौमा मात्र ५ जोडिले सम्बन्ध विच्छेद गरेका छन् । मध्यस्थकर्ताहरुले पीडित पक्षलाई उचाल्ने गर्दा सामान्य घरायसी झैझगडाका उजुरीले समेत सम्बन्ध विच्छेदको रुप लिएको पाइएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseपछिल्लो समय सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार बनेको छ । जिल्ला अदालत भोजपुरका अनुसार ९० प्रतिशत विच्छेद वैदेशिक रोजगारकै कारणले हुने गरेको तथ्यांक छ । सम्बन्ध विच्छेदका लागि दैनिकजसो जोडिहरु अदालत आउने गरेका छन् । सम्बन्ध विच्छेदका लागि आउँने २२ देखि ३३ बर्ष उमेर समूहका जोडी बढि छ । आत्मनिर्भर नभइकन हतारमा विवाह गर्ने र विवाह गरेको केही बर्षमै सम्बन्ध विच्छेद गरिहाल्ने गरेका प्रवृत्ति बढी देखिएको छ ।

सम्बन्ध विच्छेद हुनेको परिवारमा चौतर्फी कलह सिर्जना हुने गरेको छ । सबैभन्दा बढि उनीहरुको सन्तानहरु विचल्लीमा पर्ने गरेका छन्,जुन बेलैमा मनन गर्नैपर्ने सामाजिक समस्याको रुपमा देखा पर्दै गएको छ ।

Comments

comments