मुम्बई ।  बलिउडकी स्टार नायिका कंगना रनावत अमेरिकामा एक दुर्घटनामा परेकी छन् । उनको निधार र हातमा चोट लागेको छ ।

समाचार एजेन्सीहरुकाअनुसार कंगनाका ड्राइभरलाई तेज खोकी लागेपछि स्टेयरिङबाट उनको हात छुटेको थियो । त्यसपछि गाडी सडक छोडेर बारमा ठोक्किएको थियो ।

हिन्दुस्तान टाइम्सकाअनुसार उक्त दुर्घटना १२ अक्टोबर राति भएको थियो । कंगना जर्जियाको राजधानी अटालान्टाबाट केही टाढा रहेको सुटिङस्थलबाट होटल आइरहेकी थिइन । उनको कार त्यहाँका स्थानीय चाकल चलाइरहेका थिए ।

यसै दौरान उनलाई तीब्र खोकी लाग्यो र हातबाट स्टेयरिङ छुटियो । गाडी नियन्त्रणभन्दा बाहिर हुन थाल्यो । चाकलको नजिकै बसेका कंगनाका बडिगार्डले गाडी सम्हाल्ने कोसिस गरेपछि उनी सफल हुन सकेनन् ।

गाडी तल झरेर स्टीलको बारमा ठोक्कियो । दुर्घटनाका कारण कारमा सवार सबै मानिसहरु सामान्य चोट पटक लागेको छ ।

कंगनाको निधार र कुइनोमा कोतारिएको छ । सामान्य रगत समेत बगेको थियो । घटनाको केही समयपछि पुलिस टिम आएर उनलाई चोटका बारेमा सोधपुछ गरेको थियो ।

त्यसको केही समयपछि सबै टिमलाई हस्पिटल पु¥याइएको थियो । तर, कंगनाले आफूलाई सामान्य मात्र चोटपटक लागेको भन्दैं सुटिङबाट समेत ब्रेक लिइनन् ।

Please follow and like us:

Comments