चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दू राष्ट्र कायम गराउँन जनमत संग्रहमा जानुपर्ने धारणा राख्नुभएको छ ।

धर्मनिरपेक्षता सहितको संविधानमा हस्ताक्षर गरेको काँग्रेसका महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहबाट जानु नै उपयुक्त बाटो भएको बताउँनुभएको हो । नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले धर्म भनेको निरपेक्ष, सापेक्ष वा शुन्य नभई स्वतन्त्र हुने तर्क गर्नुभयो । यसकारण जनमत संग्रहबाट जानु नै उपयुक्त हुने उहाँको कथन थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseकांग्रेस महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका सम्बन्धमा आफुलाई विवाद हुने कुरा नबोल्न पार्टीका नेताहरुले दबाव दिएको समेत बताउँनुभयो । तर, आफूहले हिन्दूहरुकै मत पाएर जितेको दाबी गर्दै उनले संविधान कार्यान्वयनपछि धर्मको कुरा पनि टुङ्गोमा पुग्ने बताउँनुभयो ।

संविधान कार्यान्वयनको लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको पनि उहाँले बताउँनुभयो ।

तीनवटा चुनाव भएमात्रै संविधान कार्यान्वयनका लागि सम्भव हुने भन्दै कोइरालाले संविधान संशोधन गर्न कांग्रेस प्रतिवद्ध रहेको बताउँनुभयो । प्रदेशको कुरामा सीमाङ्गकन हरेफेर हुन सक्नेसमेत उहाँले बताउँनुभयो ।

Comments

comments