काठमाडौं । नेपालमा खुशी मन्त्रालयको व्यवस्था हुनुपर्ने माग युवाहरुले दोहोर्याएका छन् ।

युवा विद्यार्थी दिपेन्द्र कँडेलले नेपालीहरु प्रायः खुशी हुन नजान्ने भएकोले सबै नेपालीहरुमा खुशी छाउनको लागि सरकारले तत्काल खुशी मन्त्रालय (मिनिस्ट्री अफ ह्यापिनेस) गठन गर्नुपर्ने अवधारणा अघि सारेका हुन् ।

युएईको मोहमद विन रसिद स्कुल अफ गभरमेन्टमा जनप्रशासनमा स्नातकोत्तर गरिरहेका कँडेलले वर्तमान सरकारको प्रशासनतन्त्र नै असफल भएको भन्दै यसलाई तुरुन्त परिवर्तन गर्नुपर्ने धारणा राखे ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा विद्यार्थी कँडेलले नेपालको व्यूरोक्रेसी नै असफल भएको भन्दै कर्मचारी प्रशासन प्रणालीलाई तत्काल परिवर्तन गर्नुपर्ने माग गरे । उनले नेपालको लोकसेवा आयोगले लिने गरेको परीक्षालाई तत्काल परिवर्तन गरेर सबै नेपालीहरुले कुनै पनि समय आवश्यक पदको लागि स्वतन्त्र प्रतिष्पर्धामा भाग लिन पाउने व्यवस्था हुनुपर्ने बताए । उनका अनुसार लोकसेवाको परीक्षा नेपाल बाहिर रहेका नेपालीहरुले पनि भाग लिन पाउनेगरि नयाँ व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseकँडेलले मुलुकको समग्र विकासको लागि विभिन्न ७६ बुँदे अवधारणापत्र सार्वजनिक समेत गरेका छन् । जसमा नेपालका राजनीतिक दलहरुको आन्तरिक प्रशासनतन्त्र समेत सुधारको माग गरिएको छ ।

यस्तै कँडेलले पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पहिले हावाबाट विजुली निकाल्ने भनेर दिएको अभिव्यक्तिलाई समर्थन गर्दै उक्त कुरा नेपालमा लागु हुन सक्ने ठोकुवा गरे ।

Comments