काठमाडौं । एउटै दुर्घट्नामा पति गुमाएका विद्या भण्डारी अहिले मुलुकको सर्वोच्च पद राष्ट्रपति बनेकी छिन् । तर माया ज्ञवालीलाई भने कहाँ बस्ने भन्नेमै चिन्ता छ ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय दुर्घटनामा परी एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । माया ज्ञावली आश्रितकी धर्मपत्नी हुन । विद्या भण्डारी भने अहिले राष्ट्रपति छन् ।

दासढुंगा दुर्घटना भएको २३ बर्ष पछि माया ज्ञावलीले बल्ल नयाँ घर पाएकी छन् । उनी यसभन्दा अघि काठमाडौंको चाबहिलमा डेरामा बस्दै आएकी थिइन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseज्ञवालीलाई नयाँ घर दिलाउन अष्ट्रेलियाबाट राधिका पोखरेलले २९ लाख आर्थिक सहयोग उपलब्ध गराएकी थिइन् । उनको उक्त सहयोगपछि एमाले काठमाडौ जिल्ला कमिटीले बिभिन्न क्षेत्रबाट थप सहयोग जुटाएर यो घर निर्माण गरिदिएको हो । शुक्रबार उनलाई एक कार्यक्रमको आयोजना गरी पूर्बप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सो घर हस्तान्तरण गरेका छन् ।

सो घर प्राप्त गरेपछि मायाले सहयोग गर्ने पार्टी र दाताहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

सरकारले जग्गा उपलब्ध गराए पनि मायाको आर्थिक अवस्था कम्जोर भएका कारण उनले घर बनाउँन नसकेपछि पार्टीका भातृ संगठनहरुले घर निर्माण अभियान शुरु गरेका थिए ।

Comments

comments