काठमाडौँ । नेकपा (एमाले)ले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा आज आयोजना गर्ने चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी नजाने हुनुभएको छ ।

कार्यक्रमका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक र सुरक्षा निकायका अधिकारीलाई निम्तो गरेको एमालेले जनाएको थियो ।

तर राष्ट्रपति भण्डारीले आफू चियापानमा उपस्थित् हुन नसक्ने जानकारी एमाले नेताहरुलाई गराईसकेकीछिन् । कार्यक्रममा उपस्थित हुन नसक्नुको कारण भने शितल निवासले खुलाएको छैन । राष्ट्रपति एउटा पार्टीको चियापान कार्यक्रममा सहभागी हुदा राजनीतिक अर्थ लाग्ने र त्यसो गर्न प्रोटोकलले नदिने भएकोले राष्ट्रपति भण्डारी एमालेको चियापानमा नजानुहुने भएको निकटस्थ स्रोतले बतायो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseचियापानमा एमालेले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिका साथै कूटनीतिक क्षेत्रका व्यक्तित्वलाई समेत आमन्त्रण गरिएको छ । पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराही अगाडि रहेको शङ्खपार्कमा दिउँसो १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको व्यवस्थापन र सुरक्षाका लागि तयारी पूरा भएको पार्टीले यसअघि नै जानकारी दिईसकेको छ ।

कार्यक्रमस्थलको मूल प्रवेशढोकामा राष्ट्रिय वेशभूषा झल्कने झाँकी प्रदर्शन हुनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले स्वागत गर्नुहुनेछ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले सुरु गर्नुभएको चियापनलाई पार्टीले निरन्तरता दिँदै आएको छ ।

Please follow and like us:

Comments