इलाम । इलामको दानाबारी–महमाईको बिचमा पर्ने माइखोलामा शुक्रवार डुङ्गा पल्टिँदा हराएकाको शनिबार बिहानैदेखि खोजी कार्य शुरु गरेको छ ।

शनिवार बिहानसम्ममा सात जनाको शव भेटिएको छ । शनिवार इलामका हेमबहादुर सिंजाली र टंकमाया सिंजालीको शव भेटिएको प्रहरीले जनाएको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggयसअघि शुक्रबार महमाईका ७५ वर्षका जसबहादुर राई, ४५ वर्षकी डम्बरमाया मगर, ३९ वर्षकी पवित्रा पौडेल, दानाबारीका ६० वर्षका तेजबहादुर राई र एक बालक गरी पाँचजना शव भेटिएको थियो ।

दुर्घटनापछि ३१ जनाको शुक्रबार दिउँसो नै उद्धार गरिएकोे थियो । दानाबारीबाट महमाईका लागि छुटेको डुङ्गा बढी भार भएका कारण अनियन्त्रित भइ पल्टेको प्रहरीको अनुमान छ । खोलामा डुबेको डुङ्गा बेपत्ता छ ।

Comments