मेलबर्न । अष्ट्रेलियाको राज्य सरकारले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका चार नेपालीलाई त्यहाँको प्रतिष्ठित अवार्डबाट सम्मानित गरेको छ ।

अष्टेलियाको भिक्टोरीया राज्यमा भिक्टोरियन मल्टिकल्चरल कमिसन भिएमसीले हरेक वर्ष प्रदान गर्दै आएको मल्टिकल्चरल अवार्ड भिक्टोरीयाबाट यसपटक नेपाली समुदायबाट चारजना सम्मानित भएका हुन् ।

aus-3नेपाली समुदायमा लामो समयदेखि समुदायमा क्रियाशिल अधिकारकर्मी दिपा राई, नेपाली समुदाय र नेपाली पत्रकारितामा क्रियाशील युवा पत्रकार निरु त्रिपाठी, नेपाली कला र संस्कृतिको क्षेत्रमा क्रियाशील सामाजिक अभियन्ता भरन्सेर राई र खेलकूद तथा सामाजिक कार्यमा क्रियाशील हरि गुरुङ मल्टिकल्चर अवार्डबाट सम्मानित भएका छन् ।

aus-1नेपाली समुदायमा लामो समयदेखि समुदायमा क्रियाशिल तथा महिला सशक्तिकरण, मानव अधिकारबाद , सामुदायिक क्षमता अभिबृद्धि, नेतृत्व र परोपकार जस्ता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दीपा राईलाई समाज सेवा तर्फको एक्सिलेन्स अवार्डबाट सम्मानित गरिएको हो । यो सम्मानको लागि कम्तीमा एक दशकदेखि सामुदायिक सेवामा क्रियाशील रहेको हुनुपर्दछ । सोही विधामा अन्य दुई नेपाली अगुवा भरन्सेर राई र हरि गुरुङले पनि सम्मानित भएकाछन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twggत्यसैगरी मिडिया तर्फको एक्सिलेन्स अवार्डबाट युवा पत्रकर निरु त्रिपाठी सम्मानित भएकी छिन् । उनी भिक्टोरियाबाट प्रकाशित हुने नेपाली टाइम्स् मासिककी सम्पादक हुन् । सामुदायिक पत्रकारिताबाट राम्रो टेवा पुर्याएको भन्दै उनको काम र विगत ३ वर्षदेखिको सामुदायिक पत्रकारिताको लगावलाई प्रोत्साहित गर्दै पत्रकार त्रिपाठीलाई मिडिया अवार्ड प्रदान गरिएको हो ।

विगत तीन वर्षदेखि मेल्वर्न बस्दै आएकी त्रिपाठीले भिक्टोरीया यूर्निभर्सिटिबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् । एकवर्ष अगाडि भिक्टोरीया यूनिभर्सिटिले उनलाई आउटस्टान्डिङ्ग स्टुटेन्टबाट सम्मानित गरेको थियो ।

भिक्टोरिया सरकारको तर्फबाट हरेक वर्ष प्रदान गरिने मल्टिकल्चरल एक्सिलेन्स अवार्ड यहाँको प्रतिष्ठित अवार्ड मानिन्छ ।

Comments

comments