एजेन्सी । संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेसको औपचारिक रुपमा चयन भएका छन् ।

बिहीबार बसेको राष्ट्रसंघिय महासभाको बैठकले उनको नाम चयन गरेको हो । उनी राष्ट्रसंघका नवौ महासचिवको रुपमा चयन भएका छन् ।

गुटरेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हाल्ने छन् । उनको कार्यकाल २०२१ को अन्त्यसम्म रहनेछ । बिहीबार राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका प्रतिनिधिहरु सम्मिलित सभाले महासचिवका लागि गुटरेसलाई चयन गरेको जनाइएको छ ।

१५ सदस्यीय सुरक्षा परिषद्ले यसअघि नै गुटरेसलाई नियुक्त गर्नेबारे टुंगो लगाइसकेको थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

Comments