काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार भारतको गोवा पुगेलगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग गर्ने भेटवार्तामा सीको नेपाल भ्रमण मुख्य विषय हुने भएको छ ।

प्रधानमन्त्री दाहालले आगामी पुसभित्र सीको नेपाल भ्रमण गराउन पहल गर्ने स्रोतले जनाएको छ ।

मंगोलिया र बंगलादेशको भ्रमण सकेर गोवा पुग्ने राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था, विकास प्रक्रिया र नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने जानकारी दिइसकेका छन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseबिहीबार मंगोलिया पुगेका सी शुक्रबार बंगलादेश पुग्नेछन् । ब्रिक्स सम्मेलनमा भाग लिएर भारतको गोवाबाट फर्कंदा सी नेपाल पस्ने समाचार सार्वजनिक भए पनि नेपालको आन्तरिक कारण देखाएर उनी गोवाबाटै बेइजिङ फर्कने भएका छन् ।

Comments