मेलबर्न । नेपालको पर्यटन प्रवद्र्धनका लागि अष्ट्रेलियाका विभिन्न शहरहरुमा हुन लागेको सेफ नेपाल भिजिट नेपाल कार्यक्रममा सहभागी हुन चर्चित नेपाली कलाकारहरु शुक्रवार अष्ट्रेलिया आइपुग्दैछन् ।

शनिबार सिड्नीबाट सुरु हुने कार्यक्रमको लागि गायक गायिकाहरु बद्री पंगेनी, मिलन अमात्य, प्रिती आले र हाँस्य कलाकार जितु नेपाल शुक्रबार नै सिड्नी आइपुग्न लागेका हुन् । यस्तै यसै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र अर्का अतिथि पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद ढुङ्गाना पनि शुक्रवार नै सिड्नी आइपुग्नुहुनेछ ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र एनएफ नेपालको आयोजनामा हुन लागेको सेफ नेपाल भिजिट नेपाल कार्यक्रम शनिवार सिड्नीबाट शुरु हुन लागेको हो । यसपछि यही कार्यक्रम ब्रिसबेन र मेलबर्नमा समेत आयोजना हुनेछ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseशनिबार सिड्नीमा हुने कार्यक्रममा गायक गायिकाहरु बद्री पंगेनी, मिलन अमात्य, प्रिती आले र हाँस्य कलाकार जितु नेपालको आकर्षक प्रस्तुति रहनेछ । यस्तै सिड्नीमा यही बस्दै आएका गायक समिर आचार्य र विकास उप्रेतिले पनि आफ्ना प्रस्तुति राख्ने तय भएको छ । कार्यक्रम सिड्नीको वेस्ली थियटरमा हुनेछ ।

यस लगत्तै २० अक्टोबरका दिन ब्रिसबेनको बिम्याकस्थित थियटरमा कार्यक्रम आयोजना हुनेछ । यसैगरी २२ अक्टोबरका दिन मेलबर्नको ईस्टोनिया हाउसमा कार्यक्रम हुनेछ ।

कार्यक्रममा नेपालको मौलिक गीत संगीत प्रस्तुत गर्दै पर्यटनका हिसावले नेपाल सुरक्षित रहेको सन्देश दिदै अष्ट्रेलियन समूदायलाई नेपाल भ्रमणमा जान आह्वान गरिनेछ ।

कार्यक्रममा अष्ट्रेलियाका तीनवटै शहरमा त्यहाँका पर्यटनदूतहरु, अवैतनिक महावाणिज्यदूतको कार्यालयको सहयोगमा नेपाल सम्बन्धी जानकारीमुलक प्रस्तुति रहनेछ ।

Comments

comments