काठमाडौं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गीतकार बब डिलनले जितेका छन् ।

अमेरिकी गीति क्षेत्रमा उनले पुर्याएको काव्यिक योगदानको उच्च मुल्यांकन गर्दै नोबल कमिटीले उनलाई यस वर्षको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseसन् १९४१ मा जन्मिएका बब डिलन गायक, गीतकार, लेखक र कलाकारसमेत हुन् । पाँच दशकदेखि उनी पपुलर म्युजिक र संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै आएका छन् । सन् १९६० को अमेरिकी समाजको आन्दोलनदेखि उनका गीतहरु अझ चर्चित रहँदै आएका छन् ।

उनलाई उनको पुस्ताको प्रवक्ताका रुपमा समेत व्याख्या गरिदै आएको छ । उनका ब्लोइन इन दी वाइन्ड ‘ र ’दी टाइम्स दे आर अ चेन्जिङ’ जस्ता गीतहरु अमेरिकी नागरिक अधिकारका क्षेत्र र युद्धविरोधी अभियानका आवाजका रुपमा स्थापित छन् ।

Comments

comments