मेलबर्न । दक्षिण अष्ट्रेलियाका संसद सदस्य सहितको टोली भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि नेपाल जाने भएको छ । भूकम्पपछिको पुननिर्माणका लागि सहयोग गर्ने उदेश्यले उक्त टोली नेपाल जान लागेको हो ।

लेजिस्लेटिभ काउन्सिलका सदस्य जीङ ली नेतृत्वको उक्त टोली यही अक्टुबर २२ मा नेपाल जाने तय भएको हो । टोलीमा १३ जना रहनेछन् । टोलीले नेपालको पुननिर्माणको क्षेत्रमा भैरहेको कामको प्रत्यक्ष अवलोकन गरि त्यसका लागि अष्ट्रेलियन सहयोगमा वृद्धि गर्न योजना बनाउँनेछ । अष्ट्रेलियन टोली ८ दिनसम्म नेपालमै रहनेछन् । त्यसक्रममा अष्ट्रेलियाको संसदीय टोलीले नेपाल सरकारका मन्त्रीहरु र दलका नेताहरुसँग पनि भेटवार्ता गरि नेपाल र अष्ट्रेलियाबीच सांस्कृतिक आदनप्रदान गर्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

टोलीले भूकम्प प्रभावित क्षेत्रहरुको भ्रमण गरि विशेष गरि बालबालिकाहरुमा परेको असरबारे अध्ययन गर्नेछ । अध्ययनपछि ती क्षेत्रमा बाल स्यहार केन्द्रको स्थापना गर्न अष्ट्रेलियाले सहयोग गर्नेछ ।

आफूले नेपालको पुननिर्माणका लागि चन्दा सहयोग गरेको बताउँदै जीङ लीले त्यो पर्याप्त नभएको बताईन् । त्यसैले नेपालको भूकम्प प्रभावित क्षेत्रहरुको प्रत्यक्ष भ्रमण गरि कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे योजना निर्माण गर्न आफू नेपाल भ्रमणमा जान लागेको बताईन् । यस्तै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन पनि आफ्नो भ्रमण सफल हुने उनले बताईन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseबहुसांस्कृतिक मामिलाका छाँया संसदीय सचिव समेत रहेका उनले अष्ट्रेलियन नागरिकहरुको हृदयमा नेपाल रहेको दाबी गरिन् । तर अझै पनि अपेक्षाकृत रुपमा अष्ट्रेलियन पर्यटकहरुको प्राथमिकतामा नेपाल पर्न नसकिरहेकोप्रति उनले दुख व्यक्त गरिन् ।

उक्त टोलीमा साउथ अष्ट्रेलियाका लागि अवैतानिक नेपाली महावाणिज्यदूत दीपक धमला र नेपाली युवा अभियान्त नवीन पन्त पनि रहनेछन् ।

Comments