मेलबर्न । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी विजय सापकोटाले अष्ट्रेलियाको प्रतिष्ठित इन्टरनेशनल स्टुडेन्ट अवार्डका जितेका छन् ।

सापकोटा र बंगलादेशकी सुमिया सुल्तानले यस वर्षको यो अवार्ड जितेका हुन् । यसै हप्ता सिड्नीमा आयोजित एक विशेष समारोहकाबीच न्यू साउथ वेल्सका वाणिज्य तथा पर्यटन मन्त्री स्तुअर्ट आयर्सले सापकोटा र सुल्तानलाई इन्टरनेशनल स्टुडेन्ड अवार्ड प्रदान गरे । न्यू साउथ वेल्समा उच्च शिक्षा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुमध्ये सिर्जनात्मक भूमिका निर्वाह गर्ने विद्यार्थीहरुलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । सापकोटा र सुल्तानले उच्च शिक्षा तहमा संयुक्त रुपमा यो अवार्ड जितेका हुन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseनेपाली र अष्ट्रेलियन समुदायबीच आत्मीय सम्बन्ध विस्तार गर्न उल्लेख्य भूमिका निर्वाह गरे वापत सापकोटालाई यो अवार्डबाट सम्मानित गरिएको आयोजको भनाइ छ । यस्तै बंगलादेशी महिलाहरुको तर्फबाट विज्ञान र इञ्जिनियरिङ क्षेत्रका लागि सद्भावना दूत बन्न सफल भएकोमा सुल्तानलाई यो अवार्डको हकदार बनाइएको हो ।

न्यूसाउथ वेल्सको प्रिमियर एण्ड क्याविनेट विभागले प्रदान गर्ने द इन्टरनेशनल स्टुडेन्ट अवार्ड अष्ट्रेलियाको प्रतिष्ठित शैक्षिक अवार्डमा पर्दछ ।

यो अवार्डका लागि सन् २०१६ का फाइनलिष्टहरुको नाम गत सेप्टेम्वरमै घोषणा गरिएको थियो ।

Comments

comments