काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एशियाली छनोटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले विहीवार आफनो चौथो खेलमा आयोजक हङकङसंग खेल्दै छ ।

समूहको पहिलो खेलमा नेपालले हङकङ सामु ६ विकेटले पराजय भोगेको थियो ।

हङकङमा जारी महिला विश्वकपको एसियाली छनोट खेल अन्तर्गत खेलेको तीन खेलमा नेपालले एक खेलमा जित निकाल्दा बाँकी दुई खेलमा हार व्यहोरेको छ । सोमबार भएको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । तर मंगलबार चीनलाई २० रनले हराउदै आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको थियो । जुन नेपालले छिमेकी चीनमाथि सात वर्षपछिको पहिलो जित हो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseअव बिहीबार हङकङको काउलुन क्रिकेट क्लबको मैदानमा नेपालको लक्ष्य जित नै हुनेछ । प्रतियोगितामा आयोजक हङकङ सहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछन् ।

Comments

comments