मेलबर्न । अष्ट्रेलियामा नेपालीको संख्या बढेसँगै काठमाडौं अष्ट्रेलिया सीधा उडान शुरु गर्ने तयारी भएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नयाँ विमानको खरिद प्रकृया अगाडि बढाएसँगै नयाँ गन्तव्यका रुपमा अष्ट्रेलियामा समेत सीधा उडान गर्ने योजना अघि सारेको छ । निगमले जापान, साउदी अरेविया, दक्षिण कोरिया, र अष्ट्रेलियामा गन्तव्य विस्तार गर्न लागेको हो ।

त्यसका लागि सम्वन्धित देशहरुसँग रिक्वेष्ट फर प्रपोजल (आरएफपी)माग भइरहेको निगमका प्रवक्ता रामहरी शर्माले बताउँनुभयो । उहाँले जापान, साउदी अरेविया र दक्षिण कोरियाका लागि लगभग पक्का भइसकेको र ’अष्ट्रेलियासँग भने एयर सर्भिस एग्रिमेन्ट (एएसए) हुन बाँकी रहेको जानकारी दिनुभयो ।

निगमले जापानमा हप्ताको दुईदेखि तीन पटक, साउदी अरेवियाको दमाम र रियादमा हप्ताको चार पटक र दक्षिण कोरियको सोलमा हप्ताको दुईदेखि तीन पटक उडान भर्ने निश्चित भएको जनाएको छ । त्यस्तै अष्ट्रेलियामा भने कति पटक उडान हुने भन्ने निश्चित हुन बाँकी रहेको शर्माले जानकारी दिनुभयो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseअष्ट्रेलियका लागि एएसएका लागि सरकारले पहल गरिरहेको शर्माले जानकारी दिनुभयो । नयाँ जहाज आइपुग्नु अगावै एएसएको काम सक्ने उहाँले बताउँनुभयो । योसँगै नेपाल आउँने अष्ट्रेलियन पर्यटकहरुको संख्या बढ्ने शर्माको दाबी छ ।

गत महिना नयाँ जहाज किन्न चाहिने ऋणका लागि सरकार जमानी बस्ने निर्णय पर्यटनमन्त्री स्तरीय बैठकले गरेको थियो । त्यसपछि जहाज खरिद प्रकृया अघि बढेको हो। यसका लागि निगमले टेण्डरसमेत निकालिसकेको छ ।

सन् २०१७ को मार्च भित्र ’एयरबस ३३०–२२०’ वाइड बडी ल्याइ सक्ने निगमले जनाएको छ ।

Comments

comments