काठमाण्डौ । निर्माता छवि ओझासँग विवाह गर्ने हल्लामा मुछिएकी नायिका शिल्पा पोखरेल कुमारी नरहेको खुलेको छ । उनको यसअघि नै विवाह भएर पनि सम्बन्ध विच्छेद भएको थियो । साथै उनी एक बच्चाकी आमा समेत हुन् ।

कलाकार रेखा थापा सँग सम्बन्ध बिच्छेद गरेर बसेका चलचित्र निर्माता छवि ओझासँग दशैंको टिकाको दिन नायिका पोखरेलको विवाह हुने खबर अहिले भाइरल बनेको छ । तर उक्त खबरमा कुनै सत्यतता नभएको भन्दै उनीहरु दुवैजनाले खण्डन गरेका छन् । यद्यपि परिवारको सहमति भए निर्माता ओझासँगै आफ्नो विवाह हुनसक्ने पनि पोखरेलले प्रष्ट पारेकी छिन् ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseयदि शिल्पाले छविसँग विवाह गरे यो उनको दोस्रो विवाह हुनेछ । उनले केहि बर्ष अघि डिभोर्स गरेकी थिईन् भने उनको एक छोरी समेत छिन् ।

उमेरले शिल्पा भन्दा २९ वर्षले जेठा छविको भने यो चौथो विवाह हुनेछ । छविको पहिलो पत्नीसँग डिभोर्स भएको थियो भने दोस्रो पत्नी नायिका गीताञ्जली सुनारले आत्महत्या गरेकी थिइन् । त्यसपछि छविले रेखासँग तेस्रो विवाह गरेका थिए । करिव १० बर्ष रेखासँग बसेका छवि तीन बर्षअघि मात्र छुट्टिएका थिए ।

Comments

comments