विराटनगर । सरकारी सम्पत्तिको दुरुपयोग हाम्रो मुलुकमा कुन हद्सम्म हुन्छ भन्ने उदाहरण छ्यास्छ्यास्ती भेटिन्छन । जनताले तिरेको करबाट मोज गर्नेहरुको कुनै कमी छैन यहाँ । सुविधाभोगी पदमा पुगेकाहरुले सरकारी सुविधा पाउनु अस्वभाविक होइन तर त्यस्को दुरुपयोगलाई भने स्वभाविक मान्न सकिदैन ।

सामान्य प्रशासन मंत्रालयको पास बोकेको बा २ झ ८२० नम्बरको गाडी दिनभर विराटनगर बजारमा घुमघाममा व्यस्त थियो । सरकारी कामका लागि २२ गते देखि ३० गते सम्मको पास बनाएको यो गाडी सरकारी काममा नभई किनमेलका लागि घुमिरहेको थियो । सरकारले सुशासन कायम गर्न निर्देशन दिईरहेको बेला व्यक्तिगत कामका लागि सरकारी गाडीको व्यापक दुरुपयोग गर्ने गरेको पाईन्छ । सरकारले विना अनुमति सरकारी गाडी संचालनमा रोक लगाएको भए पनि स्थानीय प्रहरी प्रशासनले प्रभावकारी अनुगमन नगर्दा सरकारी गाडीहरुको दुरुपयोग हुने गरेको हो । बा १ झ ८६६५ नम्बरको सरकारी गाडी अनुमति माग्दा माग्दै भागेको थियो भने बा १ ब १४३ नम्बरको खानेपानी डिभिजन कार्यालयको मोटरसाइकल कर्मचारीले बजारमा किनमेलका लागि गुडाईरहेका थिए ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseदशंैको लामो विदाका समयमा सरकारी पास नलिएका भन्दा पनि पास लिएका सरकारी गाडीहरु विराटनगरमा कुदिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले विना पास चलाइएका दुई वटा सरकारी गाडीलाई सम्झाएर पठाएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले विद्युत, अस्पताल, खानेपानी, दुरसंचार लगायतका अत्यावश्यक सेवा दिने कार्यालयहरुका गाडीहरुलाई मात्र अनुमति दिएको जनाएको छ तर स्थानीय प्रशासनले अनुमति दिएको भन्दा पनि चाडबाडका बेला राजधानी काठमाडांै र अन्य जिल्लाबाट आउने सरकारी सवारी साधनहरुको अनुमति चेकजाँच गरेको पाइदैन । यसले गर्दा लामो विदाको समयमा पनि मोरङमा सरकारी गाडीहरु सडकमा जताततै कुदिरहेको भेटिएको छ ।

Photo : File Photo

Comments