काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र प्रमुखको हैसियतमा विभिन्न शक्ति पीठहरुको दर्शन गर्नुभएको छ ।

हरेक वर्ष राष्ट्र प्रमुखले दशैँको महाअष्टमीको दिन शक्ति पीठहरुको दर्शन गर्ने परम्परा रहे अनुरुप राष्ट्रपति भण्डारीले उपत्यकाका शक्तिपीठहरुको दर्शन गर्नुभएको हो ।

राष्ट्रप्रमुखका हैसियतमा यसअघि राजाहरुले शक्ति पीठहरुको पूजा गर्ने परम्परा थियो । तर मुलुकमा गणतन्त्र आएपछि राष्ट्रपतिले पूजा गर्ने प्रचलन शुरु भएको हो ।

सोमवार राष्ट्रपति भण्डारीले काठमाडौँमा रहेका ९ वटा विभिन्न शक्ति पीठहरुको दर्शन एवं पुजाआजा गर्नुभएको थियो ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertiseत्यसैगरी पुर्वराजा ज्ञानेन्द« शाहले पनि आइतबार साँझ शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । काठमाडौँमा रहेका विभिन्न देवी शक्ति पीठ र मन्दिरहरुमा पुगेर पुर्वराजा ज्ञानेन्द«ले दर्शन गनुृभएको हो ।

साँझ ५ बजे काठमाडौँको शोभाभगवती पुग्नु भएका पुर्वराजा ज्ञानेन्द« शाहले करिव आधा घण्टा पुजाआजा गर्नुभएको थियो । पुर्वराजा शाहले नातिसहित नक्साल भगवती, शोभाभगवती, महाँकाल लगाायत शक्तिपीठको दर्शन गर्नुभएको थियो । गणतन्त्रपछि राष्ट्रध्यक्षको हैसियतमा राष्ट्रपतिले विभिन्न शक्ति पीठहरुको पुजाआजा गर्ने भएपनि पुर्वराजा ज्ञानेन्द« पुरानै प्रचलनलाई निरन्तरता दिदै पुजाअर्चना गर्न मन्दिर पुग्नुभएको हो ।

Please follow and like us:

Comments